२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

इलाम-२ मा सुहाङको अग्रता अझै बढ्यो, पाँच हजार बढीको मतान्तर

इलाम क्षेत्र २ को जारी मतगणनामा नेकपा (एमाले) का सुहाङ नेम्बाङ साढे पाँच हजार मतान्तरले अघि देखिएका छन्। क्षेत्र २ का ४२ वटा वडामध्ये २६ को गणना भइसक्दा सुहाङले १६ हजार २ सय १९ मत ल्याएका छन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले १० हजार ५ सय ५७ मत ल्याएका छन्। फाकफोकथुमका सात, चुलाचुलीका छ, माङ्सेबुङका छ, माईका तीन र देउमाईका चार वटा वडाको गणना भइसक्दा नेम्बाङले मतान्तर फराकिलो बनाइरहेका छन्।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले आठ हजार आठ सय २५ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बूको अहिलेसम्ममा दुई हजार छ सय ४५ मत आएको छ।

अहिले देउमाई वडा ५ र ६ को मतगणना जारी छ। यो क्षेत्रका छ पालिकामा ४२ वटा वडा छन्। क्षेत्र २ मा ६९ हजार २ सय ८७ मत खसेकामा अहिलेसम्ममा ३९ हजार चार सय २५ मत गणना भइसकेको छ।

यो क्षेत्रमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ।

प्रकाशित: १७ वैशाख २०८१ १७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App