४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुहाङलाई बधाई दिँदै ओलीले भने:आशालाग्दा युवालाई अगाडी बढाउँछौं

विजयोत्सव मनाउन अध्यक्ष ओली आज इलाम आउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ मा निर्वाचित सुहाङ नेम्वाङलाई बधाई दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित उनले सुहाङलाई बधाई दिएका हुन्।

उनले लेखेका छन्, ‘इलामका मतदातालाई धन्यवाद !!

मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ–कति भोटले जितिन्छ?

सुहाङ्ले भन्नु भएको थियो–इलामेली जनतालाई सोध्नु पर्छ।

आज अन्तिम परिणाम आयो–५८३० मतान्तरले जित भयो।

हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ।’

यसैबीच, इलाम क्षेत्र २ को उपनिर्वाचनमा आफ्नो पार्टी विजयी भएपछि उनी विजयोत्सव मनाउन आज इलाम आउँदै छन्।

आज दिउँसो हुने विजयसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली इलाम आउने एमालेले जनाएको छ।

दिउँसो १ बजे इलाम चोकबजारमा आयोजना गरिने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने एमाले जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए।

गत शनिवार इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि उपनिर्वाचन भएको थियो। जसमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सुहाङ निर्वाचित भएका छन्। सोही क्षेत्रबाट निर्वाचित उनका बुबा एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि उक्त क्षेत्रको पद रिक्त रहेको थियो।

प्रकाशित: १८ वैशाख २०८१ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App