७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कोशीको प्रदेश सभा अधिवेशन वैशाख ३१ मा

कोशी प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ।

बिहीवार राति बसेको कोशी प्रदेश मन्त्रीपरिषद्को बैठकले आगामी वैशाख ३१ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने  निर्णय गरेको हो।

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ ग्रहण पछि मन्त्रीपरिषद्को बैठक राखेका थिए। उक्त बैठकले मन्त्री रानालाई सरकारको प्रवक्ता तोकेको छ भने वरिस्ठ अधिवक्ता चुँडामणि आचार्यको संयोजकत्वमा संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गर्ने निर्णय गरेको छ।

प्रकाशित: २८ वैशाख २०८१ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App