६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कमाउने लोभमा अनुमतिबिना सयौं विद्यार्थी भर्ना

डडेल्धुरा–डडेल्धुराको पोखरा स्थित डडेल्धुरा पारामेडिकल क्याम्पसले अनुमतिबिना धमाधम विद्यार्थी भर्ना गरेपछि १ सय ६० जना विद्यार्थीको भबिष्य अन्यौलमा परेको छ।

पारमेडिकल कलेजले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)बाट कम कोटाको अनुमित लिएर धेरै कोटामा विद्यार्थी भर्ना गर्दा सयौंको भबिष्य अन्यौलमा परेको हो।

पैसाको प्रलोभनमा क्याम्पसले अबैधानिक विद्यार्थी भर्ना गराएर लाखौ रुपैया उठाएको थियो। तर ति विद्यार्थीहरुलाई सिटिइभीभिटीले मान्यता नदिदाँ विद्यार्थीको भबिष्यमा खेलवाड भएको विद्यार्थी र अभिभावकको गुनासो छ। क्याम्पसले ल्याब र कृर्षि जेटिएबाट अग्रिम धरौटी प्र्रति जनही ४० हजार, सिएमएबाट १ लाख र अनमीबाट १ लाख २० हजारका दरले रकम उठाएको थियो।

‘अनुमति पाएको भनेर छोरालाई भर्ना गरियो तर अहिले सम्म अनुमति पाएको रहेनछ,’ बैतडीका अभिभावक दिपेन्द्र मडैंले भने, ‘लाखौं रकम खर्च गरेर छोराको भबिष्य थप अन्यौल तर्फ गयो।’

सीटीइभीटीले नियम विपरित क्याम्पसले भर्ना गरेका १ सय ६० विद्यार्थीलाई व्यवस्थापन गर्न नसकिने जनाएपछि विद्यार्थीले पढ्न नपाउने भएका हुन्। सीटीइभीटीको स्तर निर्धारण महाशाखाका निर्देशक रामसिंह धामीले टेलिफोन कुराकानीमा नियमविपरित भर्ना गरिएका विद्यार्थीले तत्कालका लागि पढ्न पाउने सम्भावना नरहेको बताए।

‘अपुग रहेका कोटा परिपूर्ति गर्न दोस्रो पटक सूचना जारी गर्नुभन्दा पहिले यो विषय बाहिरिएको भएमा केही विद्यार्थी व्यवस्थापन गर्न सकिने सम्भावना रहन्थ्यो,’ उनले भने, ‘अहिले सबै ठाउँमा कोटा पूर्ण भइसकेकाले कुनै पनि हालतमा विद्यार्थीको व्यवस्थापन गर्न सकिँदैन।’ १ सय ६० जना ब्यावस्थापनको सम्भवाना छैन।’

बिगत ५÷६ बर्ष देखि बिभिन्न प्राबिधिक बिषय पढाउँदै आएको परामेडिकल कजेलले यो बर्ष १ सय ६० जना बिद्यार्थीहरुलाई अबैध रुपमा भर्ना गरेको थियो। सीटीइभीटीकोे ऐन नियमले ४० जनामा १ जना पनि थप्न मिल्दैन ।

‘क्याम्पसले पटक पटक मिलाउने भन्दै हामीलाई धोका दिएको छ।’ बैतडीका बिद्यार्थी भुवन बोहराले भने, ‘केही नलागेपछि कलेमै तालाबन्दी गरेका हौं।’

प्रकाशित: २९ मंसिर २०७३ ०९:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App