१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

नक्कली भुटानी शरणार्थी प्रकरणः सबैको भूमिका हेर्दै प्रहरी

प्रमुख दलका नेताहरू एकअर्काको पोल खोलाखोल गरिरहँदा नक्कली भुटानी शरणार्थी ठगी धन्दा गिरोहबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।

अनुसन्धानको दायरामा आउने सबैको भूमिकाबारे एकएक छानबिन गरिरहेको परिसरले जनाएको छ।

‘हामीले पक्राउ परेकाको मात्र होइन, बाहिर रहेकाहरूलाई पनि निगरानीमा राखिरहेका छौं, शंकास्पद भूमिका देखाउनेहरूमाथि सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौं,’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘सबै पक्षको अनुसन्धान भइरहेको छ।’

आरोप–प्रत्यारोपका क्रममा डामिएका नेताहरू पनि आ–आफ्नै बचाउमा सक्रिय छन्। कांग्रेस नेता पूर्वगृहमन्त्री बालकृष्ण खाण गृहमन्त्री हुँदा गृहसचिवको जिम्मेवारीमा रहेका गृहसचिव टेकनारायण पाण्डे प्रहरी हिरासतमा छन्।  

खाणकै विषयमा पनि विभिन्न शंकास्पद कुराहरू आइरहेका छन्। उनले शनिबार एक विज्ञप्ति निकालेर त्यसबारे खण्डन गरेका छन्। कांग्रेस सांसद रामहरि खतिवडाले पनि यो प्रकरणमा आफ्नो नाम जोडिएको समाचार आएपछि प्रतिनिधिसभाको बैठकमा त्यसको खण्डन गरे।  

उनले आफूमाथि लागेको आरोप पुष्टि भए सजाय भोगेर राजनीतिक जीवनबाट बाहिरिन तयार रहेको बताए। ‘कहींबाट पुष्टि भए वा म संलग्न रहेको प्रमाणित भए सजाय भोगेर राजनीतिक जीवनबाट बाहिर जान तयार छु,’उनले भने, ‘लहरो तान्दा पहरो थर्कन्छ भनेजस्तै प्रधानमन्त्रीकोमा म्याउँम्याउँ गर्दै जाने र दोषीलाई जोगाउने कामको अन्त्य होस्।’  

देउवा पत्नी आरजुले आफ्नो सम्पत्ति विवरण सरकारसँग सुरक्षित रहेको दाबी गर्दै सबै सांसदको सम्पत्ति छानबिन गर्न माग गरिन्। आफूले केही नबिराएको दाबी गर्दै उनले जसले जति आलोचना गरे पनि नडाराउने बताइन्।

प्रकाशित: २५ वैशाख २०८० ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App