२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भूकम्पले दिएको पीडामा मलहम लगाउँदै 'सामुदायिक शान्ति भान्सा'

भूकम्पले घरसँगै मन पनि भत्किए पछि जाजरकोट र रुकुम पश्चिमका बस्तीहरुमा अकल्पनीय पीडा भोग्न बाध्य छन् त्यहाँका नागरिक। भूकम्पले घरबारबिहीन बनाएको जाजरकोट र रुकुमका केहि बस्तीमा पीडामा मलहम लगाउन एउटा सानो अभ्यास सुरु गरिएको छ। त्यो सानो अभ्यास भनेको शान्ति भान्सा हो।  

नागरिक आवाज ललितपुरले भूकम्प गएको भोलिपल्ट बेलुकाबाट नै जाजरकोटका ४ स्थान र रुकुमका २ स्थानमा सुरु गरेको सामुदायिक शान्ति भान्सामा दैनिक सयौँ स्थानियले खाना खाईरहेका छन्।  

गाउँका सबै ३६ घर भत्किएको रुकुमको आठबिसकोट नगरपालिका १४ छेपारेमा दैनिक १ सयभन्दा बढीले बिहान र साँझ खाना खाईरहेको स्थानिय मदन बिकका अनुसार सानीभेरी गाउँपालिका ४ गौलचौरमा दैनिक १ सय ५० भन्दा बढीले खाना खाईरहेको स्थानिय शेरबहादुर चन्दले बताए।

जाजरकोटको नलगाड नगरपालिका १ चिउरी र भेरिगंगा ३ थाप्लेमा पनि दैनिक १ सयभन्दा बढीले सामुदायिक शान्ति भान्सामा खाना खाने गरेका छन्।

सानोभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले सामुहिक भान्साले आफुहरुलाई समेत सिकाई भएको बताए। ‘यो त हामिले नै सुरु गर्नु पर्ने काम थियो । सबैको घर भान्सा केहि थिएन चामल, नुन, तेल दिन भन्दा सुरुवातीमै टोलटोलमा भान्सा चलाएको भए अन्त ध्यान दिन नि सकिन्थ्यो।’ आठबिसकोट नगरपालिकाका वडा नं. १४ का अध्यक्ष हुकुम बहादुर पुनले पनि सामुहिक भान्साले स्थानियलाई राहत मिलेको बताए।  

‘सबैको घर संगै भान्सा पनि पुरिएको अबस्थामा उपचार/उद्यार पछिको पहिलो आबस्यकता खाना भएकाले हामिले सामुदायिक शान्ती भान्सा सुरु गरेका हौैं।’ नागरिक आवाजका बरिष्ठ मनोबिमर्शकर्ता सुदिप सिग्देलले भने ‘यो भन्दा अघि बझाङ÷बाजुरामा गएको भुकम्पका बेलामा पनि यो प्राक्टिस राम्रो भएको थियो।’

प्रकाशित: २७ कार्तिक २०८० ०७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App