२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

श्री एयरलाइन्स जहाजको चक्का फुत्केपछि...

फाइल तस्बिर।

सोमबार साँझ धनगढी विमानस्थलमा अवतरण गरेको श्री एयरलाइन्सको जहाजको चक्कामा समस्या देखिएपछि काठमाडौँ फर्कन सकेको छैन। चक्कामा देखिएको गम्भीर समस्याका कारण जहाज दुई दिन धनगढीमै रोकिएको छ।

सोमबार अवतरण पछि श्री एयरलाइन्सको चक्का फुत्किँदा जहाज दुर्घटना हुनबाट जोगिएको थियो। साँझ ७ बजेर ५२ मिनेटमा धनगढीको विमानस्थलमा अवतरण गरेको एएनएच २२७ नम्बरको जहाजको अगाडीको दाँयापट्टीको चक्कामा समस्या देखिएको एयरलाइन्सका धनगढी स्टेसन मेनेजर गजेन्द्र शाहीले बताए। 

‘यात्रु रोकिएपछि जहाज चालकले हेर्दा चक्कामा समस्या देखिएकाले जहाज ग्राउण्डेड गरिएको हो’ उनले भने।

काठमाण्डौंबाट मंगलबार दिउँसो आएको ६ जनाको प्राविधिक टोलीले जाँच गरिरहेको उनले जनाए। चक्कामा जटिल समस्या देखिएको बताइएको छ।

जहाजको चक्कामा देखिएको प्राविधिक समस्याको समाधान पछि मात्र जहाज काठमाडौँ फर्किने छ। अवतरणपछि चक्का फुत्केर निस्केको गेटा विमानस्थलमा कार्यरत एक कर्मचारीले बताए।

धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले जहाज अवतरण भएर पार्किङ गरिएपछि मात्र आफूलाई जहाजको अगाडीको दायाँ पट्टीको चक्कामा प्राविधिक समस्या देखिएको जानकारी आएको बताए। प्राविधिक जाँचपछि मात्र जहाज उड्ने उनको भनाई छ।

प्रकाशित: ६ चैत्र २०८० १९:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App