१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बसको ठक्करबाट मोटरसाइकलमा सवार आमाको मृत्यु, छोरा घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मोटरसाइकलमा पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–८ की ४४ वर्षीया मञ्जु कटुवालको मृत्यु भएको हो। मोटरसाइकल चालक उनका छोरा २१ वर्षीय अमित कटुवाल घाइते छन्।

मोरङ प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिएको थियो।

दुर्घटनामा परेर घाइते भएकी मञ्जुको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। ‘मोटरसाइकल चालक अमित घाइते छन्। उनको न्युरोमै उपचार भइरहेको छ। अवस्था सामान्य छ।’ उनले भने।

बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ। बसको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे उनले बताए।

प्रकाशित: १५ चैत्र २०८० १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App