१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

त्रिशुलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

क्याप्शन

चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित सिमलधारा नजिकबाट त्रिशुलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ। काठमाण्डौबाट गोरखा जान आई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान सवा सात बजे सडकबाट करिब ८० मिटर तल त्रिशुली नदीमा खस्दा ट्याक्सीमा सवार पाँच जनाको मृत्यु भएको हो।

चितवन प्रहरीका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला दुई र बालक एक जना रहेका छन्। तर पहिचान कसैको पनि नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए।

ट्याक्सीमा चालक सहित ५ जना सवार भन्ने बुझिएको छ। सबै जनाको घटनास्थलमा नै मृत्यु भइसकेको छ। हालसम्म कसैको पनि नामथर वतन नखुलेको छैन, उनले भने। दुर्घटनामा पर्नेहरू सबै गोरखा नगरपालिका ७ को स्थानीय रहेका छन्।

अहिले दुर्घटनामा परेकाहरूको मुग्लिङबाट खटिएको प्रहरीको टोली र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको प्रहरी टोलीले खोज्दै छ। कार त्रिशुली नदीमा आधी भाग देखिएको छ।

प्रकाशित: १७ चैत्र २०८० ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App