३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

गाउँमै निःशुल्क भिडियो एक्स-रे, सदरमुकाम पुग्नुपर्ने बाधयता हट्यो

राँचुली नगर अस्पतालमा एक्स-रे सेवा। तस्बिर: ललित/नागरिक ।

कालीकोटको तिलागुफा नगरपालिकाले राँचुलीमा रहेको नगर अस्पतालमा निःशुल्क भिडियो एक्स-रे मेसिन जडान गरेसँगै दुई दिनको यात्रा गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्य भएको छ।

नगरपालिकाका सबै नागरिकमा स्वास्थ्यको पहुँचमा पुर्‍याउन भिडियो एक्स-रे मेसिन जडान गरिएको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले जानकारी दिए। ‘भिडियो एक्स-रे बाट आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था बुझ्न सजिलो होस भन्ने हेतुले १५ शय्याको भिडियो एक्स-रे मेसिन जडान गरिएको हो।’ नगर प्रमुख उपाध्यायले भने।

अप्रेसन बाहेकका सबै सेवा दिँदै आएको राँचुलि अस्पतालमा गर्भवती तथा घाउ चोट लागेका बिरामीको लागि सेवा सहज गर्न भिडियो एक्स-रे मेसिन जडान गरिएको नगरपालिकाले जनाएको छ।

यो सेवामार्फत आमा र बच्चाको मृत्युदरमा समेत कम हुने नगरपालिकाले विश्वास लिएको छ। योसँगै दुई दिनसम्म यात्रा र धेरै खर्च गरेर सदरमुकाम मान्म गएर भिडियो एक्स-रे गरेर बच्चाको अवस्थाबारे जानकारी लिनुपर्ने बाध्यता हटेको स्थानीय बताउँछन्।

तत्कालका लागि १५ शय्याको सो अस्पतालमा ओपिडीका साथै ल्याब, फार्मेसी, स्वास्थ्य बिमा, २४ घण्टे प्रसूति सेवा सञ्चालनमा छ। यी खाले सुविधा भएपछि अस्पतालमा दैनिक १ सय बढी बिरामी उपचारका लागि आउने विश्वास नगरपालिकाले लिएकाे छ।

प्रकाशित: २८ चैत्र २०८० २०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App