३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

जमिनमा गाडिएको अवस्थामा ५३ राउन्ड गोली बरामद

सर्लाही सदरमुकाम मलंगवामा जमिनमुनि गाडिएको अवस्थामा ५३ राउन्ड गोली बरामद भएको छ।

नेपाल भारत सीमा नजिक रहेको मलंगवा नगरपालिका ८ गोरखकालीमा सञ्चालनमा रहेको मोटरसाइकल ग्यारेज अगाडिको खाली जमिनबाट सर्लाही प्रहरीले बिहीबार ५३ राउन्ड गोली बरामद गरेको हो।

गोरखकालीमा चन्द्रभूषण यादवको घरमा सर्लाहीकै ईश्वर नगरपालिका ५ का विजय महतोले सञ्चालन गरेको भोलेबाबा अटो पार्टस् तथा विजय रिपेयरिङ सेन्टर अगाडि रहेको कवाडी सामान राख्ने खाली जमिनमुनि एएफ ७.६५ लेखिएको ५३ थान गोली बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश यादवको टोलीले माटोमुनि करिब ७ इन्च जति खनेर हेर्दा गरगहना राख्ने सानो खालको रातो र सेता ब्यागमा राखिएको अवस्थामा गोली बरामद गरेको हो। पेस्तोलमा लाग्ने गोली बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी गराएका छन्। 

प्रकाशित: २९ चैत्र २०८० १७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App