१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कीर्तिमानी पुर्जाको अर्को कीर्तिमान

ट्रेड

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबिई) ले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन सफल आरोहण गरेका छन्।

पर्वतारोणहको क्षेत्रमा अन्य विभिन्न कीर्तिमानी कायम गरेका पुर्जा गत शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङस्थित १०औं अग्लो अन्नपूर्ण प्रथमको आरोहण गरेर अर्को रेकर्ड राख्न सफल भएका हुन्।

अन्नपूर्ण प्रथमको सफल आरोहणसँगै उनले विश्वका ८ हजार मिटर अग्ला विभिन्न हिमालको ४४ पटक सफल आरोहण गरी अर्को विश्व कीर्तिमान कायम गरेको इलाइट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक मिङ्मा डेबिड शेर्पाले जानकारी दिए।

अब उनले तिब्बतमा रहेको सिसापाङ्मा हिमाल मात्र बिनाअक्सिजन आरोहण गर्न बाँकी छ। उनले विभिन्न हिमाल आरोहणमा अनेकौं कीर्तिमान राखेको रेकर्ड छ। पहिलोपटक विश्वभर कीर्तिमान कायम गर्ने अभियानमा पनि पुर्जाले अन्तिममा विश्वकै चौथो अग्लो सिसापाङ्मा (८,०२७ मिटर) हिमाल आरोहण गरेका थिए।

विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, चोयो, मनास्लु, नांगा पहाड, गसेरब्रुम, ब्रोड पिक, गसेरब्रुम दोस्रो र सिसापाङ्मा गरी १४ वटा अग्ला हिमालमध्ये आठवटा भने नेपालमै पर्छन्।

त्यस्तै अरू पाकिस्तान र चीनमा छन्। पुर्जाले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ हिमालको समेत आरोहण गरी विश्वभरका आरोहीलाई चकित पार्ने कीर्तिमानीसमेत कायम गरेका छन्।

सन् २००३ मा पोखरास्थित ब्रिटिस क्याम्पमा बेलायती सेनामा छनोट भर्ना भई उनले बेलायतको क्याट्रिकस्थित आर्मी ट्रेनिङ सेन्टरबाट आधारभूत तालिमको ज्ञान प्राप्त गरेका थिए। कर्पोरल निर्मल बेसिक ट्रेनिङमा च्याम्पियन रिक्रुटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए।

क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ एन्ड डेकोरेसन ट्रेडमा कार्यरत थिए। क्विन्स गोर्खामा कार्यरत रहँदा ब्रिटिस आर्मीको कमान्डो तालिमसमेत गरेका थिए। उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञका रूपमा समेत काम गरेका पुर्जाले गोर्खा एक्सिडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए।

सगरमाथा आरोहणका क्रममा मृत्यु पर्खेर बसेका अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए। म्याग्दीमा रहेको धौलागिरि र अन्नपूर्ण हिमालको प्रवर्धनमा समेत पुर्जा सक्रिय छन्। उनको कम्पनीबाट यी दुई हिमालमा विभिन्न देशका आरोहीले आरोहण गरेका छन्।

विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, चोयो, मनास्लु, नांगा पहाड, गसेरब्रुम, ब्रोड पिक, गसेरब्रुम दोस्रो र सिसापाङ्मा गरी १४ वटा अग्ला हिमालमध्ये आठवटा भने नेपालमै पर्छन्। त्यस्तै अरू पाकिस्तान र चीनमा छन्। पुर्जाले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ हिमालको समेत आरोहण गरी विश्वभरका आरोहीलाई चकित पार्ने कीर्तिमानीसमेत कायम गरेका छन्।

सन् २००३ मा पोखरास्थित ब्रिटिस क्याम्पमा बेलायती सेनामा छनोट भर्ना भई उनले बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभूत तालिमको ज्ञान प्राप्त गरेका थिए। कर्पोरल निर्मल बेसिक ट्रेनिङमा च्याम्पियन रिक्रुटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए।

क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ एन्ड डेकोरेसन ट्रेडमा कार्यरत थिए। क्विन्स गोर्खामा कार्यरत रहँदा ब्रिटिस आर्मीको कमान्डो तालिमसमेत गरेका थिए। उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञका रूपमा समेत काम गरेका पुर्जाले गोर्खा एक्सिडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए।

सगरमाथा आरोहणका क्रममा मृत्यु पर्खेर बसेका अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए। म्याग्दीमा रहेको धौलागिरि र अन्नपूर्ण हिमालको प्रवर्धनमा समेत पुर्जा सक्रिय छन्। उनको कम्पनीबाट यी दुई हिमालमा विभिन्न देशका आरोहीले आरोहण गरेका छन्।

प्रकाशित: ५ वैशाख २०८१ ०६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App