२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकलले ठोक्कर दिँदा धनुषामा एकजनाको मृत्यु

धनुषाको विदेह नगरपालिकामा मोटरसाइकलको ठोक्करबाट एकजना वृद्धको मृत्यु भएको छ। बिहीवार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल दुर्घटनामा परी स्थानीय ६५ वर्षीय रामरतन मण्डलको मृत्यु भएको हो।

बाटोमा पैदल हिँडिरहेका मण्डललाई ०२–००७ प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा प्रादेशिक अस्पतालमा जनकपुरमा मृत्यु भएको धनुषा प्रहरी प्रवक्ता एवम् डिएसपी रञ्जन अवाले जानकारी दिए।

ठक्कर दिने विदेह नगरपालिका–६ इकराहीका ३० वर्षीय मोटरसाइकल चालक रोहित मण्डल फरार भएका छन्। मण्डलले चलाइरहेको मोटरसाइकल भने प्रहरीले इकराहीबाट बरामद गरेको छ।

हाल मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०८१ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App