२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घरमा आगलागी हुदाँ चौबिस लाखभन्दा बढीको क्षति

ताप्लेजुङमा एकघरमा आगलागी हुदाँ चौबिस लाखभन्दा बढीको क्षति भएको छ। फुङलिङ नगरपालिका वडा नं ६ गुरुङ गुम्बास्थित गैरीगाउँमा शुक्रवार बिहान आगलागी भएको हो।

आगलागी हुँदा २४ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिए।

उनका अनुसार स्थानीय गणेश गुरुङको ढुङ्गा,माटो र काठले बनेको टिनको छानो भएको तीनतले घर आगलागीले जलेर ध्वस्त भएको हो।

यस्तै, आगलागीबाट २४ लाख ३१ हजार २ सय ५० रुपैयाँको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको उनले बताए। बिद्युत सर्ट भई आलगागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

आगलागीबाट अन्नपात,लत्ताकपडा,भाडावर्तन,सुनचाँदी समेत नष्ट भएको र गोठमा रहेका पशुचौपाया  समेत आगलागीबाट मरेका बताइएको छ।

यस्तै,आगलागीले घर नजिकै रहेको टिनको टाटी बेरा भएको भान्छा घर जलेको छ। स्थानीय बासिन्दा,नेपाल प्रहरी,सशस्त्र प्रहरीले फुङलिङ नगरपालिकाको दमकल प्रयोग गररे अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ७ वैशाख २०८१ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App