२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फेला पर्‍यो कुलतको कारण

यस्तो पनि!

लागुऔषध संसारकै सबैभन्दा ठूलो समस्याका रूपमा उदाएको छ। यसलाई रोक्न संसारभरका सरकारहरूले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन्। कडा कानुनसमेत बनाइएका छन्। यसका बाबजुद यो नियन्त्रण हुनुको साटो झन्झन् समस्याका रूपमा उदाउँदै जान थालेको छ। नेपालमै पनि सातामा १० वटा समाचार त यस्ता लागुऔषध नियन्त्रणका खबरहरू छापिने गरेका छन्।

हुन पनि संसारमा ८० प्रतिशत मानिसको मृत्युको कारण लागु औषधजन्य औषधीको प्रयोगबाट भएको देखिन्छ। खासगरी लागुऔषधले मस्तिष्कको ‘पुरस्कार प्रणाली’लाई नै ध्वस्त पार्ने गर्छ। अझै पनि कुनै मानिस लागु औषधको आदी किन बन्न पुग्छ भन्ने सम्पूर्ण अध्ययन गर्न सकिएको छैन। तापनि लागुऔषधले मस्तिष्कमा भएको स्वाभाविक प्रतिक्रियाको प्रणालीलाई नै बंग्याइदिने भएकाले लागु औषध प्रयोगकर्ताको गलत ठाउँमा लत लाग्ने वैज्ञानिकहरूको मत छ।

खासगरी कोकिनजस्ता लागुऔषधले मस्तिष्कले उत्पादन गर्ने डोपामाइनको पुनप्र्राप्तिको प्रणालीलाई रोक्ने गर्छ। मस्तिष्कमा रहेको न्युक्लियस एकुम्बेन्सले मानिसलाई प्रेरित गर्न सहयोग गर्छ, चढ्दो डोपामाइनलाई व्यवस्थित गर्छ। यसले मस्तिष्कको कोर्टिकल र मोटर सिस्टमहरूलाई सूचना दिने क्रम घटाउँछ। तपाईंले टाउको दुखेको बेला खाने मर्फिन होस् या कोकिन होस्, यी दुवैले मस्तिष्कलाई सक्रियता घटाउने काम गर्छ। यसले भोक बढाएको नक्कल गर्छ भने तिर्खा घटाउने काम गर्छ।

अध्ययन मस्तिष्कको काम गर्ने शैलीबारे थोरै भए पनि जानकारी बटुल्न सघाउ पुर्‍याएको साइन्स म्यागेजिनको अप्रिल १९ को नयाँ अंकमा बताइएको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ११ वैशाख २०८१ ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App