२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नेपालगन्जमा दुई पुरुषको शव फेला

नेपालगन्जमा बुधबार दुई जना पुरुषको शव भेटिएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-१ धम्बोझीस्थित खजुरा सडकखण्डको नालीमा उक्त शव भेटिएका हुन्।

नालीमा घोप्टे परेको अवस्थामा ती शव भेटिएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

उनका अनुसार ती मृतक पुरुषको पहिचान हुन सकेको छैन। उनीहरु करिब ४०/४२ वर्षका  र कलसाउरा वर्ण भएको उनको भनाइ छ। 

घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १२ वैशाख २०८१ १९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App