२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

स्काभेटर दुर्घटनामा एकको मृत्यु, एक घाइते

शुभकालिका गाउँपालिका १ छातीमा स्काभेटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

कर्णाली प्रदेश ०२–००१ क ०१२९ नम्बरको स्काभेटर आइतबार बेलुकी दुर्घटना हुँदा शुभकालिका १ छाती बस्ने अन्दाजी वर्ष २४ का दलबहादुर सिजालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी अर्जुन केसीले बताए। मृत्यु हुने सह चालक र घाइते चालक रहेको उनकाे भनाइ छ।

उनका अनुसार दुर्घटनामा कैलाली जिल्ला चुरे गाउँपालिका ५ वर्ष २८ का हिक्मत रोक्का मगर घाइते भएका छन्। 

घाइतेको खुट्टा भाँचिएकाले थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको प्रहरी भनाइ छ।

प्रकाशित: १७ वैशाख २०८१ १०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App