४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सिर्जनानगर दुर्घटनामा एक युवाको मृत्यु

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ सिर्जनानगरमा भएको दुर्घटनामा परी एकजना युवाको मृत्यु भएको छ। जगातीबाट काठमाडौतर्फ जाँदै गरेको वाग्मती प्रदेश नम्बर ०१.०३० चं. ०९९५ नं. को कारलाई सोही दिशाबाट जाँदै गरेको बा. ७३ प. २८३६ नं. को स्कुटीले ठक्कर दिंदा स्कुटर चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका वडा नं.४ घर भई हाल काठमाडाैं माइतीघर नजिकै बस्ने २३ वर्षको सुजन तामाङको मृत्यु भएको हो।

दुर्घटनाबाट स्कुटी पछाडि सवार गर्ने र स्कुटी चालक दुवै गम्भीर घाइते भएका थिए। तत्कालै उपचारका लागि नजिकैको मध्यपुर ठिमी अस्पताल लगिएकोमा स्कुटी चालक सुजनको मृत्यु भएको र पछाडि सवार गर्ने सोही ठाउँं घर भई हाल भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को राज तामाङ मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको परिसरका सूचना अधिकारी राजन कार्कीले बताए।

सवारी कार चालक सुनसरी धरान उपमहानगरपालिका वडा नं.१३ घर भई हाल काठमाडौ+ कंलकी बस्ने वर्ष ३१ को आशिष श्रेष्ठलाई प्रहरी वृत जगाती भक्तपुरको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएकाे छ।

प्रकाशित: १८ वैशाख २०८१ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App