६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बैतडीका १०९ भन्दा बढी सामुदायिक वनमा आगलागी

यति बेला जताततै चर्को घाम छ। देशका विभिन्न सामुदायिक वनहरुमा रातदिन आगो दन्किरहेको छ।  

तुवाँलोले आकाश धुम्म भएको छ।  वनबाट लागेको आगो बस्तीमा सल्किँदा घरहरु ध्वस्त बनिरहेका छन्। हावाले आगो बस्तीभरि फैलिदाँ यतिबेला हरेक जिल्लाका गाउँहरु नै सखाप हुन थालेका छन्। वन विनाशले पानीका मुहान सुकेपछि खोलामा खडेरी परेको छ। 

आगो लगाए राम्रो घाँस पलाउँछ भन्ने अन्धविश्वासले आगलागीका घटना अहिले देशभर बढ्दै गएका छन्। मध्यपहाडी र पहाडी जिल्लामा डढेलोले आक्रान्त बनाइरहेको बेला तराईका जिल्लाहरुमा पनि आगलागीले ठूलो क्षति व्यहोर्नु परेको छ।

विशेष गरेर तराईमा अधिकांश झुरुप्प परेको बस्ती त्यसमाथि फुसले छाएको घर भएकाले छिनभरमै ठूलो क्षति हुने गरेको छ। यति सम्म हुदाँ पनि आगोको रापले देशको वन क्षेत्र मात्रै होइन्। कतिपय गाउँ बस्ती नै ध्वस्त भएका छन्।

 

यति हुँदासम्म पनि सरोकारवाला निकायहरुको कुनै पहल देखिदैन्। बैतडीमा मात्रै वैशाख २३ गतेसम्मको डाटा हेर्ने हो,भने १०९ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ। भने १२६९ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ। यस्तै आगलागी घटनामा परी ३ जना घाइते छन्। २ करोड रुपैयाँको आर्थिक क्षति समेत भएको छ।  

साथै २ वटा घरगोठ जलेका छन्। बैतडीमा ३७२ वटा समुदायिक वन छन्। तीमध्ये सल्लाको वन बढी भएका क्षेत्र दसवटै पालिकाका अधिकांश सामुदायिक वनमा बर्सेनि आगलागीका घटना हुने गरेका छन्।

खोटे सल्लाको वन क्षेत्र भएका यी ठाउँमा आगलागी हुँदा पानीका मुहान सुकेपछि यहाँ खडेरी हुने गरेको छ। गर्मीयाममा सल्ली पिरोला झर्दा खोटे सल्लो भएका वन क्षेत्रमा बढी आगो लाग्ने गरेको छ। राम्रो घाँस उम्रिन्छ भन्ने अन्धविश्वासका कारण आगो लगाउने प्रवृत्तिले पनि आगलागीका घटना  बढेको पाइएको छ। आगलागीले वन जङ्गलमा भएका ससाना बोटबिरुवा जलेर खरानी भएका त्यहाँका स्थानीयहरु बताउँछन्।

जिल्लामा एक डिभिजन वन कार्यालय र १० वटा स्थानीय तह हेर्ने गरेर पाँच वटा सब डिभिजन वन कार्यालय भए पनि वर्षौंदेखि वन अधिकृतको दरबन्दी खाली रहेको डिभिजन वन कार्यालयका प्रमुख दिलीपकुमार यादवले जानकारी दिए।

सबडिभिजन वन कार्यालयहरुमा वन अधिकृत नभएपछि समस्या भएको यादवले बताए। जति सम्झाउँदा पनि स्थानीयले आगो लगाउन नछाडेको र यसबारे सरोकारवालाहरुले पनि चासो नदिएको उनी बताउँछन्।

डिभिजन वन कार्यालयसहित मातहतका पाँच वटा सब वन डिभिजनमा ४४ जना कर्मचारीको दरबन्दी भए पनि सात जना वन अधिकृतको दरबन्दी वर्षौंदेखि रिक्त रहेको उनको भनाइ छ। 

प्रकाशित: २४ वैशाख २०८१ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App