७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

भक्तपुरमा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

भक्तपुरमा बलेको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मंगलबार अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मिलन चोकमा बलेरोको ठक्करबाट पैदल यात्री गोरखाका एक पुरुषको ज्यान गएको हो।

साँगाबाट जगातीतर्फ आउँदै गरेको ना ५ ख २३६१ नम्बरको बोलेरो गाडीले पालुनटार नगरपालिका वडा नं-२ घर भई हाल भक्तपुर सूर्य विनायक नगरपालिका वडा नं- ९ नलिन्चोक बस्दै आएका ३८ वर्षीय कमल बयलकोटीलाई ठक्कर दिएको थियो।

बलेराेको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुरुमा डा. ईवामुरा अस्पताल भक्तपुर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि सुमेरु अस्पताल ललितपुर रिफर गरिएकोमा उपचारकै क्रममा मंगलबार साँझ उनकाे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजन कार्कीले जानकारी दिए।

ठक्कर दिने बोलेरो र सवारी चालक सर्लाही लालबन्दी नगरपालिका वडा नं- १६ बस्ने २३ वर्षीय सागर माझीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०८१ २०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App