६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

भेडीखोरमा भालु पस्दा तर्सिएर भिरबाट हामफालेका ७० भेडा मरे

भेडाको बगालमा भालु पस्दा तर्सिएर भिरबाट हामफालेका ७० भेडा मरेका छन्।

जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँको थुमलचौर पाटनमा राखिएका भेडीखोरमा सोमबार राति २ बजेतिर भालु पसेको थियो। 

स्थानीय भेडीगोठाला मगे रावत र सिउल रावतका ७० भेडा भिरबाट हाम फालेर मरेको स्थानीय पदम रावतले जानकारी दिए। दुवैलेसँगै पाटनतिर भेडा लगेका थिए। उनीहरूकाे कुल १ सय २ भेडा थिए।

भेडिगोठाला मगे रावतका अनुसार भालुले खोरमा पसेर भेडाहरुलाई लखेटेको थियाे। भालु पस्दा तर्सिएर भिरबाट हामफालेका ७० भेडा मरेका हुन्र। बाँकी ३१ भेडा हराएका छन्। जसमध्ये १ पाठो भने सकुशल भेटिएको उनले सुनाए।

‘भेडालाई राम्रोसँग चराउने उद्देश्यले पाटन ल्याएका थियौं। भालुले लखेट्दा सबै सपनाहरु सकिए।’ मगेले भने।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले भेडापालक किसानको खोरमै भालु पसेर गरेको क्षतिले दुःखित तुल्याएको बताउँदै राहतका लागि आवश्यक समन्वय गर्ने उल्लेख गरे।

प्रकाशित: २५ वैशाख २०८१ २२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App