७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

दुर्गममा छैनन् कर्मचारी

सरकारले अझैपनि दुर्गम क्षेत्रका कार्यालयमा कर्मचारी पठाउन सकेको छैन्। जसका कारण सेवाग्राही मारमा पर्ने गरेका छन्। डिभिजन वन कार्यालय मुगुमा ६ जना अधिकृतको दरबन्दी रहेको छ। तर, ६ जनामध्ये एकजना पनि छैनन्।

कर्मचारी अभावले अहिलेपनी कार्यालयको विषयगत शाखाबाट तोकिएको काम हुन सकेको छैन। सरकारले दिएको दरबन्दी अनुसार ६ जना अधिकृत, एकजना उपसचिवको पद खालिरहेको डिभिजन वन कार्यालय मुगुका कार्यालय प्रमुख अमर प्रसाद साहले जानकारी दिए।

यस्तै कालीकोटको डिभिजन वन कार्यालयमा पनि ५ जना अधिकृतको दरबन्दी खाली छ। कर्यालयमा अहिले ४ जना फरेष्ट र एकजना प्रशासनको कर्मचारी र एकजना उपसचिव गरी ११ जनाको कोटा खालि रहेको डिभिजन वन कार्यालय कालीकोटका प्रमुख महेश कुमाईले बताए।

अहिले पनि कर्णालीमा समायोजन भएर कर्मचारी आउन नसकेको उनको भनाइ छ।  लोकसेवाले पनि दरबन्दीको पदपूूर्ति नगरेका काराण कार्यालयका सबै कामहरु पूरा हुन नसकेको कार्यालयले जनाएको छ।

जिल्लाका ९ वटै स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ। कर्मचारी अभावका कारण सेवाग्राहीले पाउने नियमित सेवा पनि प्रभावित भइरहेको छ।

कालीकोटका स्थानीय तहमा करिब दुई सय कर्मचारी अपुग छन्। कर्मचारी अभावमा सेवाप्रवाहमा समस्या भएको जनप्रतिनिधिले गुनासो गरेका छन्।

सङ्घ र प्रदेश सरकारले गाउँपालिकामा ३० र नगरपालिकामा जनसंख्या अनुसार ५० देखि ७० कर्मचारीको व्यवस्था गर्न भने पनि दरबन्दी पूर्ति भएको छैन।

स्थानीय तहमा प्रशासकीय अधिकृत, लेखा अधिकृत, नायब सुब्बा र वडा सचिवको अभाव छ। कालीकोटका स्थानीय तहका कर्मचारी नहुँदा विषयगत शाखाहरू नाम मात्रैका बनेका छन्। स्थानीय तह सञ्चालन भएको झण्डै ७ वर्ष पुग्न लाग्यो। तर, स्थानीय तहले अझै कर्मचारी अभाव झेल्दै आएका छन्। भएका केही कर्मचारी पनि समायोजनपछि अन्यत्र गएकाले अधिकांश स्थानीय तहमा कर्मचारीको दरबन्दी रित्तै छन्।

सदरमुकामकै खाँडाचक्र नगरपालिकामा पनि विभिन्न विषयगत शाखामा कर्मचारी छैनन्।

नगरका ११ वटै वडा सचिवविहीन छन्, विषयगत शाखामा पनि कर्मचारी छैनन्। कर्मचारी अभावकै कारण नगरले भएको बजेट पनि खर्चिन सकेको छैन्। कार्यालयमा आउने सेवाग्राही रित्तो हात फर्किनुपर्ने अवस्था छ।

यस्तै जिल्लाको शुभकालीका गाउँपालिकामा पनि ४ जना अधिकृत, एक जना लेखा अधिकृत, कृषि अधिकृत, पशु चिकित्सक, र प्रशासनको पनी एक जना अधिकृतको अभाव रहेको अधिकृत केन्द्र बहादुर शाही बताए। प्रदेशको स्थानीय सेवा ऐन जारी नहुदा कर्णालीमा कर्मचारीको पदपुर्ती हुन नसकेको उनको भनाइ छ। अधिकृतहरुका लागि २०७८ मा विज्ञापन खोलेको थियो। मुर्दा परेपछि परिक्षा हुन नसकेको छैन।

महावै गाउँपालिकामा केही शाखामा काम चलाउन कर्मचारी भए पनि मुख्य शाखामा कर्मचारी नभएको गाउँपालिका अध्यक्ष खेम सिंहले बताए। जिल्लाका अधिकांश स्थानीय तहमा कर्मचारी नै छैनन्। एकैजना कर्मचारीले चार÷पाँच वटा शाखा सम्हाल्नु परेकोले प्रभाविकारी सेवा प्रवाह हुन नसकेको जनप्रतिनिधि स्वीकार्छन्। पञ्जिकाधिकारी नहुँदा पञ्जिकरणको काम पनि नियमित हुन सकेको छैन।

कालीकोटका स्थानीय हतहरु निमितकै भरमा चलि रहेका छन्। अधिकृत हुनुपर्नेमा अहिले पालीकाहरुले, पशु,स्वास्थ्य, र प्रविधिक धारका कर्मचारीलाई निमित्त राखेका छन्। सान्नी त्रिवेणी गाउँपलिकामा पशु शाखा प्रमुख नेत्रराज शाही, महावै गाउँपलिकामा इन्जीनेयर प्रकाश शाही,खाँडाचक्र नगरपालिकामा प्रशासन शाखा प्रमुख प्रवलजंङ शाही निमित्तका रुपमा नगरपालिका हाकी रहेका छन्।

प्रकाशित: २७ वैशाख २०८१ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App