२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पर्यटकीय क्षेत्र उत्तरकन्या पूर्ण सरसफाइ गाउँ

घलेगाउँ (लमजुङ) - जिल्लामा सबैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदै आएको दक्षिण एसियाकै नमुना बस्ती घलेगाउँमा अवस्थित उत्तरकन्या क्षेत्रलाई पूर्ण सरसफाइ गाउ“ घोषणा गरिएको छ।

पूर्ण सरसफाइका ६ सूचक पूरा गरेपछि क्व्होलासोथर गाउ“पालिका–३ (साबिक उत्तरकन्या गाविस)का घलेगाउँ, बगुम, खगुम, फुल्म्रों र काम्दुगाउँ क्षेत्रलाई आइतबार पूर्ण सरसफाइ गाउ“ घोषणा गरिएको हो।

स्थानीयवासीले शौचालय प्रयोग, साबुनपानीले हात धुने बानी, सरसफाइयुक्त खाना, स्वच्छ पिउने पानी, घरआ“गनको सरसफाइ र वातावरणीय सरसफाइजस्ता सरसफाइका सूचकलाई अनुसरण गर्न थालेपछि ती गाउँलाई पूर्ण सरसफाइ घोषणा गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले पूर्ण सरसफाइ गाउँ घोषणा गर्दै पर्यटनको मुख्य आधार नै पूर्ण सरसफाइ र स्वच्छ वातावरण भएको बताए। जुनसुकै पर्यटकले पनि सरसफाइयुक्त वातावरण, बाटोघाटो, खाना, बास, शौचालय, स्नानगृह चाहने भएकाले सरसफाइलाई पर्यटनसँगै जोडेर अघि बढाउन पाण्डेले स्थानीयलाई सुझाव दिए।

सुन्दर छटाहरूले भरिपूर्ण पहाडी गाउँबस्तीहरूमा पर्यटनमार्फत समृद्ध बनाउन सकिने भएकाले सरसफाइ र पर्यटन प्रवद्र्धनमा जुट्नु अत्यावश्यक रहेको पाण्डेले बताए। घलेगाउँ दक्षिण एसियाकै नमुनागाउँ र ‘स्मार्ट भिलेज’समेत भएकाले त्यसको महत्व र गरिमा कायम गराउँदै अघि बढ्नुपर्ने दायित्व रहेकाले त्यसतर्फ सचेत हुन समेत उनले स्थानीयवासीलाई सुझाए।

कार्यक्रममा क्व्होलासोंथर गाउ“पालिका अध्यक्ष प्रेमबहादुर घलेले स्वास्थ्य, सरसफाइ र वातावरणमा समृद्धि ल्याउनुपर्ने बताए। वातावरणीय स्वच्छता कायम गराउन र गाउँबस्तीको सरसफाइमा गाउ“पालिकाको चासो रहेको उनले बताए। ग्रामीण पर्यटकीय गाउँ भएकाले गाउँमा सरसफाइको स्तर बेग्लै खालको हुनुपर्ने, जैविक खेती गरेर कृषि उत्पादन गर्नुपर्ने, आय आर्जनका विकल्पहरूको खोजी गर्दै युवा जनशक्तिलाई गाउँमै टिकाउनेजस्ता विषयमा काम गर्ने योजनामा गाउँपालिका रहेको समेत उनले जनाए।

गाउँपालिकाका उपप्रमुख कुमारीमुनि गुरुङले पर्यटकीय गाउँका रूपमा विश्वभरि चिनिएकाले पर्यटकीय सेवासुविधामा सरसफाइसँग सम्बन्धित क्रियाकलाप र आनीबानीलाई जोड्दै जानुपर्ने बताइन्। आफ्नो गाउँपालिका पर्यटकीय महत्वले भरिएको हुँदा घलेगाउँ, बगुम, खगुम मात्र नभई घनपोखरा, भुजुङ, घाम्राङ, गिलुङ, पसगाउँलगायतका गाउँबस्तीका बासिन्दाले समेत पूर्ण सरसफाइ घोषणा भइसकेका गाउँबाट सरसफाइ व्यवहार सिक्न उनले आग्रह गरिन्।

सुआहारा कार्यक्रम दोस्रोका गोरखा–लमजुङ संयोजक यम जिसीले अशुद्ध खानेपानीकै कारण विश्वमा प्रति एक मिनेटमा एकजना बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गरे। खानेपानीदेखि खाद्यवस्तु सफा राख्नुपर्ने र आफूले पनि सरसफाइ व्यवहार अपनाउनुपर्ने बताउँदै घोषणापछि निरन्तरता दिनेमा सचेत रहन पनि उनले आग्रह गरे।

त्यसैगरी, एक्याप इलाका संरक्षण कार्यालय भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले सरसफाइमा आफ्नो कार्यालयले निरन्तर सचेतनामूलक कार्यक्रम गर्दै आएको र आगमी दिनमा समेत सहयोग गर्दै जाने बताए। एक्याप क्षेत्रभित्रका सबै ठाउँमा सरसफाइ अभियान थालेको र सरसफाइयुक्त पर्यटकीय गाउँ बनाउने नागरिकको अभियानमा आपूmहरूले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।

सुआहारा कार्यक्रमका वातावरण अधिकृत रोशन चौलागाईंले सफा खाना र सफा वातावरणले मानिस निरोगी बन्ने हुँदा प्रत्येक घर र गाउँबस्तीको सरसफाइमा ध्यान दिनुपर्ने बताए। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारुले स्थानीयवासीलाई पूर्ण सरसफाइ गाउँको पहिचान गराउन आनीबानी र व्यवहार परिवर्तन गर्दै निरन्तरता दिन प्रतिबद्धता जनाए। उनले १४ बुँदे आचारसंहिता वाचन गर्दै स्थानीयवासी र गाउँमा आउने पर्यटकलाई समेत सरसफाइ व्यवहार लागू गर्न प्रतिबद्ध गराए।

उत्तरकन्या क्षेत्र विगतको तुलनामा अहिले व्यक्तिगत तथा वातावरणीय सरसफाइमा गाउ“लेमा धेरै परिवर्तन र सुधार आएको सरसफाइका क्षेत्रमा क्रियाशील ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी)का अध्यक्ष राजेन्द्र बोहरा बताउँछन्। उनका अनुसार यसअघि क्व्होलासोंथर गाउँपालिकाको मालिङ, गिलुङ र भुजुङ गाउँहरू यसअघि नै पूर्ण सरसफाइ वडा घोषणा भइसकेका छन्।

मस्र्याङदी गाउ“पालिका–४ ताघृङ पनि पूर्ण सरसफाइ वडा घोषित भएको छ भने हालसम्म जिल्लाका पाँचवटा वडा पूर्ण सरसफाइ घोषित भइसकेका छन्। पूर्ण सरसफाइका लागि आफ्नो संस्थाका कार्यक्रम संयोजक शिवेन्द्र अधिकारी, सुआहारा कार्यक्रम वातावरण अधिकृत रोशन चौलागाई, फिल्ड सुपरभाइजर विष्णुदेवी गुरुङ, पोषण सहजकर्ता टमकुमारी घले, बुधकाशी विकलगायतले सक्रिय भूमिका निर्वाह गरेको बोहोराले बताए।

जिल्लालाई खुला दिसामुक्त बनाएसँगै सरसफाइको अभियान तीव्र पारिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख वामदेव पौडेलले जनाए। कुल ७५ वडामध्ये बाँकी ७० वडामा पनि अभियानका साथ सरसफाइका कार्यक्रम अघि बढिरहेको उनले बताए। वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं वडाअध्यक्ष खर्काजंग गुरुङले सरसफाइ सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्दै वडाको समग्र अवस्थाबारे जानकारी गराए।

सरसफाइ अभियानअन्तर्गत उत्तरकन्यामा रहेका करिब दुई सय ७३ घरधुरीमा सरसफाइका सूचक पूरा भएको उनी बताउँछन्। सरसफाइ अभियानमा युएसएड, सुआहारा कार्यक्रम, ग्रामीण सामुदायिक विकास केन्द्र, राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालगायतको सहयोग रहेको वडा सदस्य गंगा घलेले बताए।

सो अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाहरू, आमा समूह, युवा क्लब, स्थानीय घले उत्तरकन्या मावि, कृष्ण प्रावि, स्वास्थ्य चौकी, एक्यापलगायतलाई सम्मान गरिएको उनले बताए।

 

प्रकाशित: २५ चैत्र २०७५ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App