२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घाम ताप्न बसेका शिक्षकको लडेर मृत्यु

मुगु- शनिबारको विदामा नुहाई धुवाई गरेर घाम ताप्न बसेका शिक्षकको लडेर मृत्यु भएको छ। मुगु जिल्ला खत्याड गाउँपालिका वडा नं ३ बुगास्थित कालिका माध्यमिक विद्यालयमा कार्यरत बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं ४ गणेशपुर स्थायी घर भएका २७ वर्षीय  शिक्षक जय बहादुर शाहीको मृत्यु भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी हवल्दार पृथ्वी रावतका अनुसार मृतक शिक्षक शनिबार गाउँ नजिकैको धारामा कपडा धोएर आफू नुहाई पाखामा घाम ताप्न बसेका थिए। घाम तापिरहेका शाही एक्कासी बसेकै स्थानबाट लडेको प्रत्यक्षदर्शीले बताएका छन्।

पाखाबाट लडेर २०० मिटर तल पुगेका शाहीको टाउको र छातीमा चोट लागेपछि उपचारका लागि शनिबारै ३ घण्टा टाढा रहेको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय र प्रहरीले लगेका थिए।

उपचार कै क्रममा शाहीको स्वास्थ्य केन्द्र मै शनिबार राति ११ बजे मृत्यु भएको थियो। आफन्त तथा परिवार नेपालगंजबाट आउने भएकाले शाहीको दाहसंस्कार नभएको प्रहरीले बताएको छ।

हिमाली भिरपाखा र कठिन भुगोलका कारण वर्षेनी दर्जन बढी व्यक्तिहरुको लडेर मुत्यु हुने गरेको प्रहरीले तथ्यांकले देखाएको छ।
 

प्रकाशित: २६ माघ २०७६ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App