१७ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

प्रथम तिलौराकोट गोल्ड कप चैत १७ देखी

लुम्बिनी प्रदेशकै सबैभन्दा बढी राशी रहेको ‘प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिता –२०८०’ चैत्र १७ गते देखि सुरु हुने भएको छ।

आयोजक जिल्ला फुटबल संघ कपिलवस्तुले पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिएको हो। संघका अध्यक्ष तिलक थापाका अनुसार प्रतियोगिता चैत्र १७ देखि २४ सम्म बाणगंगाको बुद्धरंगशालमा सञ्चालन हुनेछ। प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबसहित ८ टोलीको सहभागिता रहने छ। 

जसमा थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हनामी बीएफसी, सुदूरपश्चिम–११, सहारा क्लब र आयोजक टिमबाट कपिलवस्तु –११ रहेका छन्। 

प्रतियोगितामा प्रथम हुनेलाई ११ लाख ११ हजार १११ र दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ र शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ। प्रतियोगीको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख पुरस्कार दिइनेछ। यस्तै बेस्ट किपर, फर्वाड मिल फिल्डर, डिस्फेन्स, बेस्ट कोचलाई समेत पुरस्कृत गरिने संघका अध्यक्ष थापाले बताए।

प्रतियोगिताले खेलाडीहरूलाई प्रोत्साहित गर्नुको साथै कपिलवस्तुको ऐतिहासिक र पर्यटकीय स्थलको समेत चिनारीमा सहयोग पुर्‍याउने लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष शक्ति सिंह ठकुरीले बताए।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

प्रकाशित: १४ चैत्र २०८० १५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App