२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मिल्स गोल्डकप: पाहुना टोलीलाई हराउँदै विराटनगर सेमिफाइनलमा

पाहुना टोली सुनसरी धरानको फेयर फुटबल क्लबलाई हराउँदै विराटनगरको पेमा युवा क्लब मिल्स गोल्डकपको सेमिफाइनलमा पुगेको छ।

विराटनगरको जुट मिल मैदानमा शनिबार भएको खेलमा विराटनगरले धरानलाई २–० गोलमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। विराटनगरका लागि २ गोल गर्दै नायक बनेका बिज भुजेल म्यान अफ द म्याच हुँदै ३ हजार रुपैयाँ प्राप्त गरे।

दुवै टोलीले मध्यान्तरअघि गोलका प्रयास गरे पनि गोलरहित बराबरी खेलेका थिए। मध्यान्तरपछि विराटनगरले खेलमा सुधार गर्दै धरानलाई दबाबमा राख्दै खेलेपछि जित निकाल्न सफल भयो।

५५ औं मिनेटमा बिजु भुजेलले गोल गर्दै टोलीलाई अग्रता दिलाए। धरानका गोलरक्षक प्रभात राई अगाडि बढेको मौकामा उनले ३० यार्डदेखि गरेको प्रहारले जाली चुम्यो। ६२ औं मिनेटमा पुनः बिजुलाई टोलीका लागि दोस्रो गोल गर्दै गोल संख्या दोब्बर पारे। कमल खवासले कर्नर साइटबाट निकालेको पासमा बिजुले सानदार गोल गरे।

धरानका निर्मल लिम्बूले ६५ औं मिनेटमा गरेको कडा प्रहार बाहिरियो। लगत्तै धरानका कप्तान सुवास तामाङले डिबक्सभित्रबाट गरेको प्रहार विराटनगरका गोलरक्षक प्रमोजे गच्छदारले उत्कृष्ट बचाउ गर्दै विफल पारे। निश्चल लिम्बूले ७० औं मिनेटमा ३० यार्डबाट गरेको प्रहार बाहिरिँदा धरानले गोल गर्ने अवसर चुकेको थियो।

मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबारको खेल विराटनगरको टि.डब्लु.वाइसी र झापाको कन्काई क्लबबीच हुनेछ।

प्रकाशित: ८ वैशाख २०८१ २०:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App