२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मंगलबारदेखि सूर्य नेपाल काठमाडौं ओपन

सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुने भएको छ।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ को यो सातौं प्रतियोगिता पनि हो। पार–६८ को रोयल नेपाल गल्फ क्लबमा हुने चारदिने प्रतियोगिता कुल ७२ होलमा खेलाइने छ।

यो प्रतियोगितामा ३२ प्रोफेसनल र आठ एमेच्योर गरी कुल ४० गल्फरले चुनौती प्रस्तुत गर्नेछन्। प्रोफेसनल गल्फर भुवन नगरकोटी डिफेन्डिङ च्याम्पियन हुन्। सुवास तामाङ भुवनका लागि चुनौती हुनेछन्।

एमेच्योर रहँदा नै प्रोफेसनल गल्फरलाई स्तब्ध बनाउँदै उपाधि जितेका थिए। प्रोफेसनल गल्फर भएपछि भने सुवासले नेपालमा खेल्न लागेको यो पहिलो प्रतिस्पर्धा हो।

सुवासले भारतीय गल्फ टुरमा प्रोफेसनल प्रतियोगिताहरू खेलिसकेका छन्। त्यसैले उनी यस पटक प्रमुख दाबेदारका रूपमा रहनेछन्। उनी नेपालका सर्वाधिक सफल एमेच्योर गल्फर हुन्। यद्यपि, घरेलु टुरमा प्रोफेसनल करियरको सुरूआत भने मंगलबारदेखि सुरू हुँदै छ।

एमेच्योर गल्फर सद्भाव आचार्य पनि अर्का दाबेदार हुन्। उनले पछिल्ला खेलमा प्रोफेसनल गल्फरमाथि चुनौती दिँदै आएका छन्। सद्भावले यस सिजन दुई उपाधि जितिसकेका छन्।

भुवन नगरकोटी, दिनेश प्रजापति, रवि खड्का, सञ्जय लामा, जयराम श्रेष्ठ लगायतका प्रोफेसनलहरू बलिया दाबेदारका रूपमा रहेका छन्।

प्रकाशित: ११ वैशाख २०८१ ०९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App