२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विदुर र धीरबहादुरको जोडीलाई स्वर्ण

विदुर विष्ट र धीरबहादुर गुरुङको जोडीले दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा बुधबार स्वर्ण जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा विदुर र धीरको जोडीले ध्रुव गुरुङ र प्रकाश बोगटीको जोडीलाई २–६, ६–२ र १०–७ को सेटमा पराजित गर्‍यो। नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा आध्या पौडेल र समृद्धि महर्जनले सेमिफाइनलमा स्थान सुरक्षित गरे। 

आध्याले प्रकृति श्रेष्ठलाई ६–२, २–६ र ६–१ तथा समृद्धिले प्रशंसा मोक्तानलाई ६–१ र ६–२ को सेटमा हराए। अभिलाषा विष्ट र सुनीरा थापा पनि बाई पाएर सेमिफाइनलमा पुगे । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा र कर्मा घले उपाधिका लागि भिड्ने भएका छन्।

४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी र महेश श्रेष्ठले फाइनल स्थान पक्का गरे। 

प्रकाशित: १३ वैशाख २०८१ १०:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App