९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

पदक नतिजाः भारतको शतक, चार देशको अर्धशतक

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकूद(साग)मा भारतले स्वर्णमा अर्धशतक कटाएको छ। त्यस्तै कूल पदकमा शतक नजिता जितेको छ।

प्रतियोगिताको पाँचौ दिनसम्म आइपुग्दा भारतले स्वर्ण संख्या ५८ वटा पुर्‍याएको हो। बिहीबार साँझ सात बजेसम्मको नजिता अनुसार त्यस्तै रजत ४१ वटा र १९ वटा कास्य जितेको छ।

स्वर्ण, रजत र कास्य गरी कुल १ सय १८ वटा पदक भारतले हातपारको हो। बुधबारबाट तालिकाको शीर्षस्थानमा उक्लिएको भारत बिहीबार थप नजिता जित्दै तालिका मजझुत बनाएको छ।

१३ औं सागमा एक सय पदक जित्ने भारत पहिलो देश बनेको छ। त्यस्तै  चार वटा देशले पदकमा अर्धशतक पुर्‍याएका छन्। बिहीबारसम्म प्रतियोगितामा नेपाल, श्रीलंका, पाकिस्तान र बंगलादेशले पदकसंख्या अर्धशतक कटाएका छन्।

तालिको दोस्रो स्थानमा नेपाल छ। पदकमा आक्रमक शुरुवात गरेपनि बुधबारबाट पदक तालिका कमजोर बन्दै आएको छ।

बिहीबार साँझसम्मको नतिजा अनुसार नेपालको ३६ स्वर्ण छ। त्यस्तै २६ रजत र ३६ कास्य छ। नेपाल पनि कुल पदको शतक नजिक छ। हाल नेपालको कुल पदक ९६ हो। 

तालिकाको तेस्रो स्थानमा रहेको श्रीलंकाको कूल पदक ९२ रहेको छ। तर स्वर्णका आधारमा भने श्रीलंका निकै पछि रहेको छ। श्रीलंकाले १३ वटा मात्रै स्वर्ण जितेको छ। रजत ३३ र कास्य भने सबै भन्दा धेरै ४९ वटा जितेका छन्। 

तालिकाको चौथो स्थानमा पाकिस्तान रहेको छ। पाकिस्तान १२ वटा स्वर्ण, २१ रजत र २२ कास्य सहित तालिकाको पाँचौ स्थानमा रहेको हो। पाकिस्तानले बिहीबारबाट स्वर्ण संख्यामा पनि सुधार गरेको छ। पाकिस्तानको कुल पदक ५२ वटा छन्। 

बंगलादेश पनि स्वर्ण पदक जित्न प्रतिस्पर्धा गरिरहेको छ। बंगलादेशको स्वर्ण संख्या ४ वटा रहेको छन्। त्यस्तै रजत संख्या १० र कास्य संख्या ३८ वटा रहेको छ। बंगलादेशको कूल पदक ५२ रहेको छ। 

यता माल्दिभ्स र भूटान भने पदकको लागि निकै संघर्ष गरिरहेका छन्। माल्दिभ्सले १ स्वर्ण जितेको छ। तर रजतमा भने कुनै पनि पदक जितेको छैन।

त्यस्तै कास्यमा पनि जम्मा २ मात्रै पदक जितेको छ। यता भूटानले स्वर्णमा खाता नै खोल्न सकेको छैन। त्यस्तै भूटानले रजत पनि जित्न सकेको छैन।

भूटानको कास्यपदक भने ६ वटा रहेका छन्। खेलको पाँचौ दिनसम्म १ सय १५ वटा स्वर्णको टुंगो लागेको छ। 

प्रकाशित: १९ मंसिर २०७६ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App