वैशाख १२
१२ वैशाख २०८०
•
२ मिनेट पाठ
वैशाख १२

कविता: वैशाख १२

 

म अझै पनि सम्झन्छु

त्यो मेरो घरको चिम

कसरी हल्लिएको थियो त्यो दिन!

घरको अगाडि बसेर हेर्दै गर्दा

कसरी थर्किएको थियो त्यो दिवार!

सुनसान शनिबार

कसरी एक्कासि भएको थियो कोलाहलपूर्ण

कसरी उडेको थियो

हरीबले डाँडामा त्रासदीको धुलो!

कसरी लडेको थियो एक झोक्कामै

डिल्ले दाइको घर!

मेरो कानमा अझै ताजा छ

गौंथली भाउजूको

विक्षिप्त चीत्कार!

नानीहरूको नानीमा बसेको त्रास

हजुरआमाको ओठमा परेको कलेटी

मेरो मनमा आएको हतोत्साही

सबका सब ताजै छ यो स्मृतिमा

शास्त्रको हात्तीले काँध फेरेको त्यो दिन

ईन्द्रले रिसाएर क्रोध व्यक्त गरेको त्यो दिन

विज्ञानको भूगर्भशास्त्रको

दुई भूखण्ड टकराएको त्यो क्षण

संचित शक्ति विस्फोट भएको त्यो क्षण

कसरी मान्छेहरू एकाएक

महलबाट सडकमा आएका थिए

कसरी मान्छेहरू

आफ्नो औकात भुल्न विवश थिए

कसरी एक अमिर

आफ्नो नोकरसँग सुतेको थियो

सडकमा

एक प्याकेट चाउचाउ

एक बोत्तल पानीको भरमा!

मृत्यु भए र त्रासको बिचबाटै

कसरी सिकाएको थियो प्रकृतिले

समानता, मानवता, दया र करुणा!

कसरी गरेको थियो प्रश्न एकमुस्ट

हाम्रो निर्माण अभ्यास

र निर्माण हेलचक्य्राइँमाथि!

कसरी गरेको थियो हमला

हाम्रो प्रशासन, पूर्वाधार र सेवाहरूमा

कसरी घचघचाएको थियो

हाम्रो ज्ञान, क्षमता, योजना र व्यवस्थापनमाथि!

नेपाली जातिमाथि परेको त्यो विपत्तिमा

कसरी उर्लिएको थियो

विश्व समुदायको सद्भाव

कसरी एकजुट भएको थियो आम समुदाय

लडखडाएका हाम्रो अवस्था सम्हालेर

रन्थनिएको बारपाक र लाप्राकहरूमा

मलम लगाउन आउने

ती तमाम दातालाई सलाम

ती तमाम सहृदयीलाई नमन!

उठ्दै छ हाम्रो धरहरा

रानीपोखरीमा पानी बारिंदैछ

चर्किएको सिंहदरबार टालियो प्रबलीकरणले

उठेका छन् गाउँका घरहरू

चाउरिएका छन् दिलका घाउहरू!

यत्तिले अझै पुगेको छैन

आम व्यवस्था र कार्य शैलीको

प्रबलीकरण गर्नुपर्नेछ

टाल्नुपर्ने छ व्यवस्थामा भएका छिद्रहरू

उठ्नु छ/उठाउनु छ यो देशको सान

उठेझैं सगरमाथाको उचाइ!
अर्को समाचार
वैशाख ३० गठबन्धनको लागि नराम्रो खड्गो छ: ओली
२५ वैशाख २०७९
•
२ मिनेट पाठ
वैशाख ३० गठबन्धनको लागि नराम्रो खड्गो छ: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गठबन्धनबाहेकका कुनैपनि राजनीतिक दलहरुसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाएको भन्दै आपत्ति जनाएका छन्।

आईतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आयोगले काँग्रेसको कुरा मात्रै सुनेर निर्वाचन मतपत्रको रङ परिवर्तन गरेकोले यो मुद्दा हाल्नुपर्ने विषय भएको बताए। अध्यक्ष ओलीले मतपत्रको रङ फेर्ने कुरा स्वच्छ नभएको बताउँदै रातो सूर्यलाई पनि हरियो बनाउने षड्यन्त्र गरेको आरोप लगाए।  

अध्यक्ष ओलीले निर्वाचन आयोगलाई पहिला आफूले गरेको आचारसंहीताको कार्यान्वयन आफैँले पालना गर्न सुझाव दिए। उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा दिएको धम्कीका कारण प्रधानमन्त्री शेरबहादुर देउवा डराएर रेणु दाहाललाई आफैले भरतपुरको मेयरमा उठाएको भन्ने भाषण गरेको बताए। उनले ठूला नेताहरुले आचारसंहीता मिच्दा आयोग आँखामा पट्टी लगाएर बसेको भन्दै यस्ता कुरामा नमुछिन आयोगलाई आग्रह गरे।

अध्यक्ष ओलीले विष बमन गर्ने काम गठबन्धनको भएको बतए। उनले जनतालाई भयरहीत  वातावरणमा चुनावमा सहभागी गराउनु पर्ने भएपनि जनतालाई त्रास र धम्की दिइरहेकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए। उनले केहीदिनअघि एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले रेणु दाहालले चुनाव नजिते दुर्घटनातिर जानसक्ने भन्दै दिएको अभिव्यक्ति दिन पाइन्छ कि पाइँदैन भन्ने प्रश्न गरे। अध्यक्ष ओलीले गठबन्धनलाई वैशाख ३० ठूलो खड्गो रहेको बताए। उनले ज्योतिषीले वैशाख ३० गठबन्धनका लागि नराम्रो खड्गो रहेको भनिरहेकोले वैशाख ३० गठबन्धनको ढाड भाँचिने बताए।

अध्यक्ष ओलीले भने, ‘मैले मेरो कुरा भनेको होइन, ज्योतिषीको कुरा भनेको हो। एउटा ग्रहदशा हेर्ने ज्योतिषी हुन्छन्, एउटा राजनीति हेर्ने ज्योतिषी हुन्छन्, अहिले दुवै प्रकारका ज्योतिषीहरु गठबन्धनका अघि महाशंकट उत्पन्न हुँदैछ भन्छन्। त्यो ज्योतिषीहरुको कुरा हो। होइन भने प्रधामन्त्री ज्यूले ठ्याक्कै ठ्याक्कै मिलाउने आफ्नै ज्योतिषी हुनुहुन्छ नि, उहाँलाई बोलाएर सोध्नुभए हुन्छ। गठबन्धन रहन्छ, रहँदैन भन्नेमा मेरो कुरा छैन, तर ज्योतिषीहरुको भनाइ गठबन्धनका लागि सबैभन्दा ठूलो खड्गो त यही वैशाख ३० नै हो। यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ। कस्तो दिन छानेर उहाँले राख्नुभएछ? यो ज्योतिषीहरुको भनाइ हो। वैशाख ३० मा त उहाँहरुलाई हुनसम्मै हुन्छ। ढाडै भाँचिने गरेर।’ 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस