नेपथ्यसँगै न्यूयोर्कमा नाचे नेपाली (तस्बिरसहित)
१६ भदौ २०८१
•
४ मिनेट पाठ
नेपथ्यसँगै न्यूयोर्कमा नाचे नेपाली (तस्बिरसहित)
हजारौँ दर्शकमाझ अन्तिम गीत  ‘रातो र चन्द्रसूर्जे’ गाइरहँदा जताततै राष्ट्रिय झण्डा हल्लिरहेको देखेपछि गायक अमृत गुरुङ भावविभोर बन्नपुगे । धुन बज्दा बज्दैको क्षण उनले बीचैमा दुवै हात उचाले र अनुरोध गरे, ‘संसारभर फैलिएर रहेका नेपालीभाषीहरू एक भएर बसौँ है ।’ प्रतिउत्तरमा टनाटन भरिएको ‘टर्मिनल फाइभ’ हलै थर्कमान हुनेगरी दर्शकले समर्थन जनाए ।




अमृतको यो आह्वानसँगै अमेरिकाको शृंखलाबद्ध कन्सर्टमध्ये पाँचौँ आयोजना पनि न्यूयोर्कमा उत्तिकै भव्यतासाथ सम्पन्न भएको छ ।  

विश्वकै केन्द्र मानिने यो सहर, नेपाली लोकरक ब्यान्ड नेपथ्यले अमेरिकामा आफूलाई सबैभन्दा धेरैपटक प्रस्तुत गरेको सहर पनि हो । यसपटक यो सहरमा नेपथ्य प्रवेश गर्दैगर्दा उत्साही नेपालीहरूको टोली परम्परागत पोसाकसहित स्वागत गर्न लागोर्डिया विमानस्थल पुगेका थिए । उनीहरूले साथमा लिएर गएको पञ्चेबाजा टोलीले तयार पारेको धुनसहित ब्यान्डलाई न्यूयोर्क सहरमा भित्र्याइएको थियो ।

नेपथ्यमा नयाँ तथा सार्वकालिक हिट गीतहरू प्रस्तुत गरिएको यो कार्यक्रममा, गीतहरूको बीचमा गायक अमृत गुरुङले बोलेका सामाजिक तथा सांस्कृतिक टिप्पणीहरूमा समेत दर्शकले उत्तिकै आनन्द मानेको देखिन्थ्यो । उनले गीत प्रस्तुति सँगसँगै यसरी दर्शकसँग दोहोरो संवादको क्रम कार्यक्रमको अन्तिमसम्मै जारी राखेका थिए । कतिपय गीतहरू आफूले नेपालका जटिल भूभागहरूमा पदयात्राकै क्रममा तयार पारेको र कतिपय उतै संकलन गरेको जानकारी पनि उनले दिएका थिए ।  

कन्सर्ट अवधिभर दर्शकहरूले भरिएको सिङ्गै ‘टर्मिनल फाइभ’ हल बत्ती, आवाज र उफ्रिरहेका खचाखच भिडको उत्साहले उचालिएको थियो ।

‘नेपाली भाषा रहुन्जेल हामी नेपालीहरू रहिरहने छौं,’ अमेरिका बस्दै आएका दर्शकहरूलाई अमृतले अनुरोध गरे, ‘संसारमा जतासुकै गए पनि भावी सन्ततिलाई सके आफ्नो मातृभाषासमेत, नत्र नेपाली भाषामार्फत उनीहरूको जरासँग जोडिदिन नछाड्नुस् है ।’

कार्यक्रममा ‘यो जिन्दगानी’ प्रस्तुत हुँदा भावुक भइरहेका दर्शकलाई त्यसपछि भने ‘गाउँ–गाउँबाट उठ’ले जुरुक्कै उचाल्दै ‘रेशम’, ‘तालको पानी’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता प्रस्तुति मार्फत चरमोत्कर्षमा पु¥याएको देखिन्थ्यो ।

न्यूयोर्क विश्वविद्यालयको उडहल अस्पतालमा रेसिडेन्ट डाक्टर रहेका समन अर्याल यो ठाउँ आएको दुई वर्ष भयो । उनी पहिलोपटक नेपथ्यको कन्सर्ट अनुभव गरिरहेका थिए । ‘सबैको समयको कदर गर्दै समयमा सुरु भएको यो कार्यक्रमको प्रत्येक क्षण विशेष रूपमा सिँगारिएको महसुस भयो,’ डा। अर्याल भनिरहेका थिए, ‘मञ्चका कलाकारसँगै दर्शकदीर्घाले एकसाथ गाइरहेको देख्दा, यो त जीवनमै एकपटक लिनैपर्ने रमाइलो अनुभव जस्तो लग्यो ।’

यो कन्सर्ट हेर्नकै निम्ति नेपाली साथीको साथ लागेर बंगलादेशी मूलकी २२ वर्षिया विद्यार्थी माया कर्माकर पनि आएकी थिइन् ।

‘संगीतले भाषाको सीमारेखा नाघ्दो रहेछ भन्ने उदाहरण मेरो निम्ति नेपथ्यको आजको प्रस्तुति रह्यो,’ मायाले थपिन्, ‘मञ्चबाट आइरहेको शक्तिशाली प्रभाव, तल दर्शकहरूको एकत्रित ऊर्जा, जताततै प्रशंसकहरू गाइरहेका नाचिरहेका, मुख्य गायकका बोलीदेखि लिएर हाउभाउसम्म प्रत्येक गतिविधिमा सम्मोहन, पृष्ठभूमिमा बग्दै गरेका नेपालका मनमोहक दृश्यहरूदेखि हलभित्रका चकाचौँध बत्तीहरूको प्रयोगले सिंगो परिवेशै गजबको लाग्यो ।’

लोरेन ग्राबीले साउन्ड इन्जिनियरको काम थालेको ३० वर्ष भयो । बितेको १५ वर्षयता भने उनी यसै टर्मिनल फाइभमा कार्यरत छन् ।

‘मैले दुनियाँभरका धेरै प्रकारका ब्यान्डहरूको कन्सर्टमा काम गरेको छु । नेपथ्यसँगको अनुभव भने यो रक ब्यान्ड भइकन पनि यसका संगीतमा लुकेका युनिक नोटहरूले गर्दा बेग्लै स्वादको लाग्यो,’ लोरेन भन्दै थिए ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘हामीले धेरै कार्यक्रमहरू आयोजना गर्दै आएको भए पनि नेपथ्य चाहिँ विशेष रह्यो,’ आयोजक टोलीका थिले थकालीले भने, ‘कन्सर्ट सकिएपछि पनि मलाई असंख्य दर्शकहरूले फोन र मेसेज गर्दै धन्यवाद दिइरहेका छन् ।’ आफूहरूले चाहना र मेहनत गरे बमोजिम नै यसपालाको नेपथ्य कन्सर्ट, न्युयोर्कमा हालसम्म प्रस्तुत नेपाली कार्यक्रममध्ये ऐतिहासिक बन्न पुगेको उनको प्रतिक्रिया थियो ।

३५ वर्षदेखि न्यूयोर्क बस्दै आएका अनिल शाहीले आफ्नो फेसबुकमा साथीहरूसँग नाच्दै गरेको भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘नेपथ्यमय भएसि बुढेसकालाँ नि बैँस यस्तरी उर्लदो र’च के !’

यसरी अमेरिकाको शृंखलाबद्ध यात्रामा अघिल्ला पाँच कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब छैटौं प्रस्तुतिका लागि नेपथ्य डी।एम।भी क्षेत्रको मेरिल्यान्ड पुगिसकेको छ । यहाँस्थित ‘दी हल एट लाइभ’मा सेप्टेम्बर १ तारिखका दिन ब्यान्ड प्रस्तुत हुँदै छ । त्यस साँझ ठीक साढे छ बजे ढोकाहरू खुला हुनेछन् भने ठीक आठ बजेबाट कन्सर्ट सुरु हुनेछ ।

मेरिल्यान्डको आयोजना सम्पन्न भएपछि अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा सातौं कन्सर्टसँगै यस वर्षको डेढ महिना लामो अमेरिका यात्राले विश्राम लिनेछ ।

अर्को समाचार
बेलायतको वेम्बलीमा इतिहास दोहोर्‍याउँदै नेपथ्य
२९ असार २०८२
•
२ मिनेट पाठ
बेलायतको वेम्बलीमा इतिहास दोहोर्‍याउँदै नेपथ्य
सन् २०१३ मा वेम्बलीमा आफ्नो प्रदर्शन दिँदै नेपथ्य ब्यान्ड । तस्बिर: नेपथ्य
नेपथ्य ब्यान्डले जुन मञ्चमा आफ्नो सफलताको मानक उभ्याएको थियो, त्यहीँ उसले १२ वर्षपछि इतिहास दोहोर्‍याउने भएको छ ।  




साढे तीन दशकदेखि फरक–फरक नेपाली पुस्ताबीच लोकप्रियता आर्जन गर्दै आएको यो साङ्गीतिक समूह आगामी अगस्ट ९ को बेलुकी बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा प्रस्तुत हुने भएको छ । नेपथ्यले पछिल्लो समय सन् २०१३ अगस्ट ३ तारिखमा वेम्बलीमा प्रस्तुती दिएको थियो । ‘वेम्बलीको प्रभाव यस्तरी विस्तार भइदियो कि त्यसपछि हामीलाई विश्वका प्रमुख सहरहरूमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्यान्ड उभिएका मञ्चहरू पाउन थप सहज हुन थाल्यो,’ ब्यान्डलाई व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठले भने ।  

१२ वर्षअघि वेम्बलीको अनुभव सम्झँदा ब्यान्डका मुख्य गायक अमृत गुरुङ अहिले पनि भावुक हुन्छन् । ‘हामीलाई पहिले पनि श्रोतादर्शकले उत्तिकै माया गर्दै आउनुभएको हो,’ उनी भन्छन्, ‘तर वेम्बलीको प्रस्तुतिपछि हामीले अर्कै उचाइ महसुस गर्दै आएका छौँ ।’

त्यति बेलाको माहोल अमृतको आँखामा झलझली छ । उनी थप्छन्, ‘त्यो क्षण मेरो जीवनकै एउटा चुनौतीजस्तो बनेर सामुन्ने उभिएको थियो र हिम्मत जुट्नासाथ आफूलाई पूर्ण रूपले दर्शकमा समाहित गरिदिएको थिएँ ।’  

नेपथ्यको यस पटकको वेम्बली यात्रालाई बेलायतकै ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ ले संयोजन गर्दैछन् ।  

बेलायतको यात्रामा नेपालबाट ब्यान्डका छ सदस्य र आठ प्राविधिक एवं व्यवस्थापक गरेर १४ सदस्यीय समूह हुनेछ । मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।  

यति बेला बेलायतभर एक लाखभन्दा बढी नेपालीको बसोबास रहेको अनुमानित तथ्याङ्क छ । तिनै नेपालीको चाहनालाई ध्यानमा राखेर नेपथ्यले यस यात्रालाई उच्च प्राथमिकतामा राखेको छ ।  

पछिल्ला तीन महिनाभित्र नेपथ्यले अस्ट्रेलिया र अमेरिकाको शृङ्खलाबद्ध यात्रा गरिसकेको छ । ‘नेपथ्यको आगामी कन्सर्टले बेलायतमा नेपाली सङ्गीतको अर्को इतिहास रचना गर्दै छ,’ स्थानीय आयोजक टोलीका दीपेन्द्र लामा भन्छन्, ‘सात हजार टिकट अहिले नै बिक्री भइसकेको छ भने ठूलो सङ्ख्यामा दर्शकको इनक्वाइरीको ओइरो लाग्न थालेको छ ।’
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस