नेपाली र चिनियाँ अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक
०१ कार्तिक २०८१
•
३ मिनेट पाठ
नेपाली र चिनियाँ अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक
काठमाडौँ र चिनियाँ–नेपाली शास्त्रीय ग्रन्थहरूको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक गरिएको छ।




चीनको छेङ्दुमा असोज २६ गते आयोजित एक विशेष समारोहबिच दुवै पक्षका विज्ञ समितिका अध्यक्ष एवम् सदस्यहरूको उपस्थितिमा १३ नेपाली र १३ चिनियाँ पुस्तक सार्वजनिक गरिएको हो।

नेपाली विज्ञ समितिका अध्यक्ष एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईसहितको पाँच सदस्यीय नेपाली टोली कार्यक्रममा सहभागी हुन छेङ्दु पुगेको थियो।

टोलीमा नेपाली विज्ञ समितिका सदस्य एवम् प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यद्वय डा. कृष्णराज अधिकारी र हंसावती कुर्मी, प्रतिष्ठानकै शाखा अधिकृत रवीन्द्र तिमसेना एवम् चिनियाँ मामिला जानकार किरण गौतमकाे पनि सहभागिता रहेकाे थियाे।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चीनको नेसनल एड्मिनिस्ट्रेसन अफ प्रेस एन्ड पब्लिकेसनबिच सन् २०२३ को सेप्टेम्बरमा दुई देशका शास्त्रीय ग्रन्थहरू अनुवाद एवम् प्रकाशनसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएयता दुवैतर्फ विज्ञ समिति गठन भई कार्य अघि बढेको छ। अनुवाद एवम् प्रकाशनका लागि नेपाली पक्षले नेपाल प्रज्ञाप्रतिष्ठानलाई र चिनियाँ पक्षले सिन्ह्वा विन्सेयर पब्लिसिङ एन्ड मिडिया कम्पनी लिमिटेडलाई जिम्मेवारी प्रदान गरेको छ।

पाँच वर्षमा नेपाल र चीनका कम्तीमा २५/२५ पुस्तक एक अर्काका भाषामा अनुवाद एवम् प्रकाशन गर्ने योजनाअन्तर्गत चिनियाँ भाषामा अनुवाद एवम् प्रकाशनका लागि पहिलो चरणमा छानिएका लक्ष्मीप्रसाद देवकोटाको लक्ष्मी निबन्धसङ्ग्रह, दौलतविक्रम विष्टको चपाइएका अनुहार, भीष्म उप्रेतीको हिमाल, शेर्पा र यति, बाबुराम आचार्यको नेपालको सङ्क्षिप्त वृत्तान्त, डा. हर्क गुरुङको मैले देखेको नेपाल, ध्रुवचन्द्र गौतमको अलिखित, डा. राजु अधिकारीको यस्तो होस् जीवनशैली, सरुभक्तको चुली, सुलोचना मानन्धरको जीवनबाट जीवन सिकौँ, सत्यमोहन जोशीको कलाकार अरनिको, मञ्जुलको जाने होइन दाइ आलापोट? जनकलाल शर्माको हाम्रो समाजः एक अध्ययन, डोरबहादुर बिष्टको सबै जातको फूलबारी गरी १३ नेपाली पुस्तक सार्वजनिक गरिएको हो।

त्यस्तै नेपाली भाषामा अनुवाद एवम् प्रकाशनका लागि छानिएका रिडिङ गाइड फर सि चिनफिङ थट अन सोसलिजम विथ चाइनिज क्यारेक्टरिस्टिक्स फर अ न्यु एरा, सेभेन्टी इयर्स अफ न्यु चाइना, अ सर्ट हिस्ट्री अफ चाइनिज फिलोसफी, द एनोटेटेड क्रिटिकल लाओजी, सेलेक्टेड स्टोरिज अफ जिया दसान, ह्वाई एन्ड हाउ द सीपीसी वक्र्स इन चाइना, ह्वाइट डिअर प्लेइन, रेड सर्गम, ट्रान्सलेसन एन्ड एनोटेसन अफ द बुक अफ चुआङ्जी, द ग्रास हाउस, द म्याजिक गर्ड, इस्टर्न एन्ड वेस्टर्न कल्चर्स एन्ड फिलोसफिज, अ ब्रिफ हिस्ट्री अफ एन्सिएन्ट चाइनिज आर्किटेक्चर गरी १३ ओटै चिनियाँ पुस्तक सार्वजनिक गरिएको हो।

पुस्तक सार्वजनीकरण कार्यक्रममा बोल्दै नेपाली विज्ञ समितिका अध्यक्ष कुलपति राईले भौगोलिक जटिलता र भाषिक भिन्नताका कारण नेपाल र चीनबिचको साहित्यिक र सांस्कृतिक सम्बन्धलाई थप उचाइमा पु¥याउने चुनौती रहे पनि पछिल्लो समय दुवै पक्षले लिएको पहलबाट प्राज्ञिक, साहित्यिक एवम् सांस्कृतिक सहकार्यले गति लिन थालेको भन्दै खुसी व्यक्त गरे।

नेपाल र चीनबिचको नयाँ सहकार्यले नेपाली र चिनियाँ भाषा, साहित्य र संस्कृतिको आदानप्रदानमा अझ महत्त्वपूर्ण योगदान पुग्ने विश्वास पनि उनले व्यक्त गरे।

त्यस्तै चिनियाँ विज्ञ समितिका अध्यक्ष लि यानले चिनियाँ राष्ट्रपति सि चिन फिङको मार्गदर्शनअनुसार चीन सरकारले विभिन्न एसियाली देशहरूसँग शास्त्रीय ग्रन्थको अनुवादका लागि थालेको पहलअन्तर्गत नेपाली पक्षसँग सहकार्य गर्न पाउँदा उत्साही भएको बताए।

भ्रमणका क्रममा नेपाली टोलीले छेङ्दुमा असोज २५ गतेदेखि सुरु भएको चारदिने तियान्फु बुक फेयरको उद्घाटन कार्यक्रममा सहभागी हुनुका साथै सिचुवान प्रान्तका भाइस गभर्नर हु युनसँग औपचारिक भेटघाट गरी अनुवाद परियोजनाका सन्दर्भमा छलफल गरेको थियो।
अर्को समाचार
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
३ घण्टा अघि
•
१ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
काठमाडाैं। निबन्धकार ज्ञानेन्द्र विवशको  ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्। यो निबन्धको संगालो हो, त्यसैले निबन्धकारका निर्बन्ध मन निबन्धमा खुलेका छन्। निबन्धमा लामो समयदेखि सक्रिय लेखकले शब्दहरूलाई पवित्र नदी बनाएर भावना बगाएका छन्। अनुभूतिका उचाइ हिमाल जस्तै चुल्याएका छन्। अभिव्यक्तिका शब्द गहिरिएर भित्री सौन्दर्य उतार्न निबन्धकार तल्लीन र सफल पनि छन्। 
यस ‘इन्द्रेणी सौन्दर्य’ मा निबन्धकार ज्ञानेन्द्र विवशका अनुभूतिका अक्षरहरू ओल्टाइ–पल्टाइ गर्दै निबन्धको बान्की पस्किदैछु। साहित्यका अनेक विधाहरूमध्ये नियात्रा, निबन्धमा विशेष पहिचान बनाउन सफल लेखक हुन् विवश। सरल, मृदुभाषी र सज्जन स्वभावका यिनी आफ्ना लेखनमा पनि यस्तै भेटिन्छन्। त्यसैले निबन्ध पाठक मन छुन सफल हुने छन्। 
उनको यो निबन्ध संग्रहमा लेखक र पाठकका हृदयका तारहरू सबैभन्दा नजिकबाट जोडिन्छन्। ‘इन्द्रेणी सौन्दर्य’ शब्दहरूको सङ्ग्रह मात्र नभएर मानवीय जीवन, प्रकृति र यात्राका क्रममा जन्मिएका सूक्ष्म संवेदनाहरूको एउटा जीवन्त दस्तावेज पनि हो। यो कुरा पाठकले केही निबन्धको अध्ययनबाटै महसुस गर्न सक्छन्।




वास्तवमा ‘इन्द्रेणी सौन्दर्य’ अनुभूतिमय निबन्धको मिठासले भरिभराउ खुराक हो, जहाँ पाठक मनले आफूलाई पनि भेटाउन सक्छ। आफ्नै जीवन भोगाइका कतिपय सन्दर्भ पनि यसमा भेट्न सकिन्छ। निबन्धकारले लेखेको तर हामी प्रत्येकको मनले देखेका र हृदयले महसुस गरेका र कानले सुनेका जीवनका सूक्ष्म तरङ्गहरूको शब्द–विस्तार यस निबन्धमा पाइन्छ। 
यस निबन्ध सङ्ग्रहमा सङ्गृहीत विविध अनुभूति हाम्रै जीवन, हामीले नै भोगेका परिवेशका अनुभूतिहरू हुन् भन्दा फरक पर्दैन। निबन्धकारले त्यसलाई आफ्नो शैलीमा ढालेर निबन्धको रूपमा अभिव्यक्त गरेका मात्र हुन् तर यसका लागि लेखन शैली, क्षमता र अनुभवलाई अक्षरमा मीठो सिलसिला बनाउने सीपचाहिँ अवश्य चाहिन्छ। त्यो सीप लेखक विवशमा प्रशस्तै पाइन्छ।

‘इन्द्रेणी सौन्दर्य’ का रूपमा प्रकाशित निबन्धहरूले जीवनको सम्पूर्णता स्वीकार गर्छन्– जसरी छ, त्यसरी नै ! निबन्धहरूमा लेखक मन पाठकसँगै हिँड्ने, सँगै बस्ने, सँगै जिन्दगीको कुरा गर्ने शैली छ। ‘हतार विनाका फुर्सद’ र ‘फुर्सदको दिन’ जस्ता निबन्धहरूले आजको भागदौडको जीवनमा एकछिन रोकिन सिकाउँछन्। आफैँतिर फर्किन र एकछिन टक्क रोकिन लगाउँछन्।

निबन्धकार तथा समालोचक डा. माधवप्रसाद पोखरेलको विश्लेषणमा ‘इन्द्रेणी सौन्दर्य’ भित्र (१) यात्रा केन्द्रित, (२) दृश्य/दृष्टि केन्द्रित, (३) अनुभूति केन्द्रित, (४) स्मृति केन्द्रित, (५) फुर्सद केन्द्रित, ६) सौन्दर्य केन्द्रित र (७) अन्य/विविध विषयमा लेखिएका निबन्धहरू समाविष्ट छन् भनी विचार व्यक्त गरेका छन्। तर सबै निबन्धको मूलभूत विषय कुनै न कुनै पक्षको सौन्दर्य नै भएकाले सङ्ग्रहको शीर्षक पनि ‘इन्द्रेणी सौन्दर्य’ जुराएको हो जस्तो लाग्ने उनको टिप्पणी निबन्धकार विवशको लेखनकर्मको सही दृष्टिकोण हो भन्ने मेरो पाठकीय धारणा छ।

प्रस्तुत ‘इन्द्रेणी सौन्दर्य’ भित्रका ५७ वटै निबन्ध निबन्धकारकै शैलीमा भन्नुपर्दा निबन्धहरू खुसीका उत्सव हुन्, सम्झनाका बाडुली हुन् र आशाका बिहानी पनि हुन्। यद्यपि यहाँ ‘बिर्सिन नसकिने मान्छे’ छन्, ‘बिर्सेर सम्झेका यादहरू’ छन्, ‘टनकपुरमा दुखेको मन छ’ र ‘यौटा यस्तो कालो दिन’ पनि छ। रातको चकमन्न शून्यता र दिनको कोलाहलमय उपस्थिति जस्तै अनुभूतिका यस्तै भावना, विचार र विम्बहरू पनि प्रशस्तै पाउन सकिन्छ।

वास्तवमा ‘इन्द्रेणी सौन्दर्य’ निबन्धसंग्रह आफैँमा जीवन, प्रकृति, समय र अनुभूतिहरूको एकमुस्ट विवरण हो। यस पुस्तकको आवरण चित्र वरिष्ठ कलाकार विजय थापाले बनाएका छन् जुन उत्तिकै सुन्दर र निबन्धको भावलाई उतार्न सफल छ। 
साहित्यमा प्रायः कल्पनाको प्रयोग धेरै हुने गर्छ तर ‘इन्द्रेणी सौन्दर्य’ को विशेषता यसको यथार्थपरक प्रस्तुति हो। यसमा कल्पनाको उडानभन्दा पनि भोगाइका जीवन्त क्षणहरू छन्। जीवन र मृत्युका शाश्वत सत्यहरूलाई प्रकृतिका विविध आयामहरूसँग जोडेर हेर्ने निबन्धकारको परिचित दृष्टि आफ्नै किसिमको छ। पाठकले यसमा कुनै बनावटी संसार भेट्दैनन्। आफैँलाई, आफ्नै जीवनलाई, घरआँगन, हिँडेका बाटा र भोगेका घाम–छायाँका विम्बहरू पाउँछन्। त्यसैले यो सङ्ग्रह यथार्थको धरातलमा उभिएको सौन्दर्यबोध हो भन्ने मेरो पाठक मत र मान्यता छ।

‘सुन्दर स्वदेश प्रकाशन’ ले प्रकाशित गरेको र रु. ५५० मूल्य रहेको यो ‘इन्द्रेणी सौन्दर्य’ निबन्धसंग्रह पठनीय, संग्रहणीय छ भन्दा अतिशयोक्ति हुँदैन। यति सुन्दर, यति मिठासले भरिएको र यति यथार्थ भावको संगम रहेको निबन्धकृतिका लागि निबन्धकार ज्ञानेन्द्र विवशज्यूलाई हार्दिक बधाई दिन्छु।

- अजय अंशु
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock ५२ सेकेन्ड अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस