सबै ठूलो
३२ साउन २०७७
•
३ मिनेट पाठ
सबै ठूलो

लक्ष्मी उप्रेती

 




वर्षौ पहिला सृष्टिकर्ताले धर्ती, आकाश, पानी, आगो र हावाको सृष्टि गरिन् । अनि सबैले गर्ने कामको विभाजन गराइन् । त्यसपछि मानव सृष्टि गरिन् ।  

समय बित्दै गयो । निकै समय पछि धरतीले ‘मेरो काख पाएर मानव सृष्टि भयो । नत्र मानव सृष्टि नै सम्भव थिएन । यसैले म ठूलो हु ।’ थरथरी काँप्दै भन्यो ।

धरतीको कुरा सुनेर उदाङ्गिदै आकाशले ‘मानव सृष्टि त म भएकाले पो भएको हो । मेरो छहारी नपाए कहाँ हुन सक्थ्यो र ? यसैकारण म पो ठूलो हुँ त ।’ भनेर गडगडाउन थाल्यो ।

धरती र आकाशले त्यति भनेपछि पानी ‘मेरो भरोसा भएर हो मानव सृष्टि भएको । मविना कसैको अस्तित्व नै हुँदैन । त्यसैले मभन्दा ठूलो अरू हुनै सक्दैन ।’ बाढी भएर उर्लियो ।

धरती, आकाश र पानीको कुरो सुनेर आगोले मेरो शक्ति नभए मानिसको सृष्टि हुने कुरै थिएन । मेरो नामले मात्र पनि मानिस तातिन्छन् । त्यसैले तिमीहरूभन्दा म नै ठूलो हुँ ।’  भनेर मुस्लियो ।

धरती, आकाश, पानी र आगोको कुराले हावालाई रिस उठ्यो । अनि ऊ मविना मानिसको प्राण नै चल्दैन । म नभए मानिस बाँच्न नै सक्दैनन् । त्यसैले म नै ठूलो ।’ भनेर हुरी बतास बन्यो ।

धरती, आकाश, पानी, आगो र हावा म ठूलो हुँ’ भनेर वादविवाद बढ््दै गयो । आआफ्नो शक्ति देखाएर विनाशको रूप लिन लागेको सबैका कुरा सृष्टिकर्ताले थाह पाए । अब खतम हुने भए भन्ने सृष्टिकर्ताले सोचे । अनि यिनीहरूलाई रोक्न आफूले नै सृष्टि गरेका यी तत्वहरूलाई एकै ठाउँमा भेला गरे । एकै ठाउँमा भेला भएपछि एकअर्कालाई देखेर रिसले चुर भए । यिनीहरुको अहंकार देखेर सृष्टिकर्ता शान्त हुँदै ‘हेर धरती तिमी मावन सृष्टिका सुरु र अन्त हौ । मानिसको शरीर तिम्रो माटोबाट बनेको छ र तिम्रै माटोमा मिलेर अन्त हुन्छ । त्यसैले तिम्रो ठाउँमा तिमी ठूला छौ’ धरतीलाई सम्झाएपछि स्थिर बन्यो ।

आकाश तिमी नभए मानव सृष्टिको अस्तित्व नै हुने थिएन । तिम्रो विशालताले घाम, जून, अँध्यारो, उज्यालो, दिएर मानिसलाई अस्तित्ववान् बनाएका छ । त्यसैले तिम्रो महत्व तिम्रो ठाउँमा निकै ठूलो छौँ ।’ आकाशलाई बुझाएपछि शान्त भयो ।

त्यसपछि ‘पानी तिम्रो महत्व कम छैन । धरती सिन्चन गर्ने तिमी, प्राणी जगतका नसानसामा मिसिने तिमी, तिमीविनाको केही हुनै सक्दैन । त्यसैले तिम्रो ठाउँमा तिमी जति ठूलो अरू हुनै सक्दैन  नी ।’ भनेर चित्त बुझाएपछि बाढी शान्त भयो  ।

अब आगोलाई सम्झाउँदै ‘आगो तिमी पनि मानिसका अंगअंगमा तातो बनेर वाफिएका छौ । तिम्रो आविष्कारबाट नै मानिसले खान पाएका छन् । तिमीबाट अध्याँरोमा पनि अलिकति उज्यालो पाउछन् । तिम्रो न्यानोपन हरायो भने मानव शरीर नै रहँदैनन् । त्यसैले तिम्रो आफ्नो ठाउँमा तिमी नै ठूलो छौ ।’ भनेपछि आगाको मुस्लो हरायो   ।

अन्त्यमा हावालाई ’ हावा, तिमी पनि आफ्नो ठाउँमा कम छैनौ नि । तिमीबाट श्वास लिएर नै मानिस बाँच्न सकेका छन् । तिमीविना श्वास लिन शक्ति मानिसमा कहाँ छ र ? तिम्रो क्षमता पूरा गर्ने अरूको सामथ्र्य नै छैन । त्यसैले आफ्नो ठाउँमा तिमी जति ठूलो अरू हुने कुरा नै छैन ।’ भनेर बुझाएपछि हुरीबतास रोकियो ।

तिमीहरू सबै नै मानव जीवनको लागि मात्र नभई सारा सृष्टिका महत्वपूर्ण तत्व हौं । कोही कम र बेसी नभएको कुराको सबैलाई बोध गराइन् ।

सृष्टिकर्ताको कुराले शान्त भइसकेको धरती, आकाश, आगो, हावा र पानीले आफ्नो अस्तित्वबोध गरे । त्यसपछि सबैले आआफ्नो ठाउँमा रहेर शान्त भई कार्य गर्न थाले ।अनि मात्र सृष्टिकर्तालाई  ढुक्क भयो ।
अर्को समाचार
कुर्सी ठूलो होइन, काम ठूलो हो: मन्त्री किराती
२८ फागुन २०७९
•
१ मिनेट पाठ
कुर्सी ठूलो होइन, काम ठूलो हो: मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हुनुपर्ने बताएका छन्।




‘फोनिजको अभियान, सञ्चारमा पहिचान’ भन्ने मूल नाराका साथ आज आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा उनले भने, 'अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण जनताले सजिलोसँग बुझ्नै पर्छ।'

उनले मन्त्रालय जनताको हो भन्दै जनतासँग सहकार्य गर्न आफू तयार रहेको उल्लेख गरे। जनताको प्रगति नै मुलुकको उन्नतिहो भन्दै उनले त्यसकालागिपर्यटन व्यवसायपहिलो सर्त भएको बताए।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
यो पनि पढौँ
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस