साहित्यकार घनेन्द्र ओझाद्वारा लिखित ‘जनताको बहुदलीय जनवादः फरक बहस’ र ‘समान पहाडहरू’ कविता संग्रहमाथि अन्तर्क्रिया गरिएको छ। कम्युनिष्ट पार्टीको टुटफूट र एमालले अंगिकार गरेको जनताको बहुदलीय जनवादमाथि फरक ढंगले विश्लेषण गर्ने कोसिस गरिएको छ।
‘जनताको बहुदलीय जनवादः फरक बहस’माथि टिप्पणी गर्दै लेखक निलमकुमार ओझाले त्यस पुस्तकमा घनेन्द्रले नेपाली राजनीतिमा ७ दशकदेखि टुट–फुटको श्रृंखलाले थिलथिलो भएको कम्युनिस्ट आन्दोलनको चिरफार गरेको दावी गरे। पुस्तकमा नेपाली राजनीतिको केन्द्रमा ३ दशकदेखि निरन्तर रहेको नेकपा एमालेको मार्गदर्शन भनिएको जबजको कार्यान्वयनमा देखिएका कमजोरी केलाएको उनको भनाइ थियो।
नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले कम्युनिस्ट आदर्श र जबजबीच मेल नखाने भन्दै लेखक ओझाले पुस्तकमा त्यही तथ्यलाई केलाएको बताए। २०४९ सालयता नेपाली राजनीतिमा साह्रै धेरै चर्चामा रहेको जबजबारे अध्ययन गर्दा जबज नेपाली कम्युनिस्ट आन्दोलनको सहायक नभएर बाधक भएको देखिएपछि यो पुस्तक लेखक ओझाको दावी थियो।
’असमान पहाडहरू’ कविता सङ्ग्रहबारे टिप्पणी गर्दै डा. बालाकृष्ण अधिकारीले घनेन्द्रको बहुआयामिक व्यक्तित्व भएको र उनको काव्यकारिता पनि सशक्त रहेको बताए। डा. अधिकारीले सरल र बोधगम्य भाषा, शैलीमा समसामयिक र मनवीय जीवनका यावत् पक्षलाई कविले आफ्ना कवितामा सशक्त ढंगले प्रस्तुत गरेका उल्लेख गरे।
कार्यक्रममा समालोचक डा. ज्ञानु पाण्डेले कविताप्रतिको प्रस्ट दृष्टिकोण भएका घनेन्द्रको कविता रचना पनि प्रस्ट भएको बताइन्। उनले कविता संग्रहका कविताहरूमा दार्शनिक अभिव्यक्ति सरल तरिकाले गरिएको भन्दै यो कविता संग्रह नेपाली काव्य फाँटको सुन्दर उपलब्धि भएको धारणा राखिन्।
नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलले घनेन्द्र वामइतर विचारधारामा विश्वास गर्ने भए पनि उनका कवितामा प्रशस्त प्रगतिशीलता पाइने उल्लेख गरे। जीवनका निराश पक्षसँगै आशावादिता र समुन्नत समाजको परिकल्पना घनेन्द्रका कवितामा पाइने पौडेलको भनाइ थियो।