बलिउड अभिनेत्री स्वरा भास्करले सन् २०११ मा एउटा फिल्मको छायांकनका क्रममा निर्देशकबाट कथित रूपमा यौन दुर्व्यवहारको सामना गर्नुपरेको खुलासा गरेकी छन्। त्यतिबेला आफूले भोगेको व्यवहारलाई यौन उत्पीडनका रूपमा बुझ्न नसकेको उनले बताएकी छन्। तर, धेरै वर्षपछि ‘मी टू’ अभियानका क्रममा अन्य महिलाका अनुभवहरू पढेपछि आफू पनि यौन उत्पीडनको सिकार भएको महसुस भएको उनको भनाइ छ।
स्वरा भास्करको यो अभिव्यक्ति पछि उनी फेरि चर्चामा आएकी छन्। हालै ‘द फ्री प्रेस जर्नल’सँगको कुराकानीमा उनले मध्यप्रदेशको पचमढीमा फिल्मको आउटडोर छायांकनका क्रममा आफूले भोगेको अप्रिय अनुभव सार्वजनिक गरेकी हुन्।
स्वराका अनुसार, सन् २०११ मा फिल्मको छायांकनका क्रममा निर्देशकले उनीसँग कथित रूपमा अनुचित व्यवहार गरेका थिए।
त्यतिबेला उनी फिल्म क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्ष गरिरहेकी थिइन्। उनीसँग न त आफ्नो व्यक्तिगत टोली थियो, न त आफ्नो समस्या सुनाउन सक्ने कोही नजिकको व्यक्ति नै थिए।
अभिनेत्रीका अनुसार, निर्देशकले आफूलाई शारीरिक रूपमा नछोएका कारण त्यतिबेला उनले उक्त व्यवहारलाई कार्यस्थलमा हुने यौन उत्पीडनका रूपमा पहिचान गर्न सकिनन्।
‘त्यतिबेला मलाई यो कार्यस्थलमा हुने यौन उत्पीडन हो भन्ने नै थाहा भएन। मैले यसलाई यौन उत्पीडनका रूपमा बुझ्न सकिनँ, किनभने ती व्यक्तिले मलाई शारीरिक रूपमा छोएका थिएनन्।’
स्वराले उक्त फिल्मको छायांकन तालिका ५६ दिनको रहेको बताएकी छन्। छायांकन सुरु भएको केही दिनपछि नै निर्देशकबाट कथित रूपमा अनुचित व्यवहार हुन थालेको उनको भनाइ छ।
तर, उनले फिल्म छोड्न चाहिनन्। करियरको सुरुवाती चरणमा रहेकी उनी आफ्नो हातमा आएको राम्रो अवसर गुमाउन चाहन्नथिन्।
‘म यो प्रोजेक्ट छोड्न चाहन्नथेँ। म आफ्नो काम गुमाउन चाहन्नथेँ। मेरा पनि आफ्नै सपना र महत्वाकांक्षा छन् नि, होइन र ? यसमा गलत के छ ?’
स्वराका अनुसार, धेरै वर्षपछि ‘मी टू’ अभियानका क्रममा विभिन्न महिलाले आफूमाथि भएका यौन उत्पीडनका घटनाहरू सार्वजनिक गर्न थाले।
अन्य महिलाका अनुभव र कथाहरू पढेपछि उनले पनि विगतमा आफूले भोगेको घटनालाई नयाँ दृष्टिकोणबाट बुझ्ने मौका पाइन्।
त्यसपछि मात्र आफू पनि यौन उत्पीडनको सिकार भएको महसुस भएको उनले सुनाइन्।्
‘मैले सोचेँ, हे भगवान् यो त उत्पीडन रहेछ। यो त यौन उत्पीडनको पाठ्यपुस्तकमा उल्लेख हुने जस्तै एउटा स्पष्ट उदाहरण रहेछ।’
स्वराले अन्ततः फिल्मका कार्यकारी निर्मातालाई आफूले भोगेको घटनाबारे जानकारी गराएकी थिइन्।
उनका अनुसार, कार्यकारी निर्माताले उनको साथ दिए र छायांकनका बाँकी दिनमा उनलाई सहयोग गरे।
उनले आफूलाई सुरक्षित महसुस गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए, जसका कारण काम गर्न केही सहज भएको स्वराले बताएकी छन्।
आफूले भोगेको अनुभव सुनाउँदै स्वराले कार्यस्थलमा काम गर्ने युवा महिलाहरूलाई आफ्नो व्यक्तिगत सीमाबारे सचेत रहन सुझाव दिएकी छन्।
कुनै पनि परिस्थितिमा असहज महसुस भए चुप लागेर नबस्न उनले आग्रह गरेकी छन्।
उनका अनुसार, कसैले यस्तो व्यवहारको सामना गर्नुपरेमा विश्वासिलो व्यक्तिसँग आफ्नो समस्या साझा गर्नुपर्छ, सहयोग माग्नुपर्छ र गलत व्यवहारविरुद्ध आवाज उठाउनुपर्छ।
स्वरा हालै रियालिटी शो ‘राइज एन्ड फल २’ को दोस्रो सिजनमा पनि सहभागी भएकी थिइन्।