अनुपम सौन्दर्य
२६ असार २०८३
•
१ मिनेट पाठ
अनुपम सौन्दर्य
तिमी आउँदा




वसन्तले ऋतुको परिभाषा फेरिदिन्छ

हावाले सुगन्धको नयाँ व्याकरण सिक्छ

र आकाशले नीलो हुनुको कारण सम्झिन्छ।

तिम्रो मुस्कान

शब्दकोशमा नभएको उपमा हो,

जहाँ मौनता नै

सबैभन्दा मीठो वाक्य बन्छ।

तिम्रा नयन हेर्दा

नदीहरू बग्न लाज मान्छन्,

चन्द्रमा आफ्नो उज्यालो

तिम्रो अनुहारसँग तुलना गर्न डराउँछ।

अोठको कुनामा अडिएको त्यो हल्का हाँसो,

मानौं कविता हो

जुन पढेपछि

दोहोर्याएर पढ्न मन लाग्छ।

तिमी बोल्दा

शब्दहरू शुध्द हुन्छन् 

भावहरू अनुशासित

र मन- पूर्णत पराजित।

तिम्रो स्पर्श  

केवल छालासम्म सीमित हुँदैन

त्यो आत्मासम्म पुगेर

संवेदनाको दीप जलाउँछ।

म तिमीलाई प्रेम गर्दिन

म तिमीलाई अनुभव गर्छु

जहाँ प्रेम

कुनै एक भावना होइन

पूरै साहित्य बन्छ।

यदि सौन्दर्य प्रतियोगिता हुन्थ्यो भने,

तिमी केवल सहभागी होइन

मापदण्ड हुन्थ्यौ।

यदि म हारे भने पनि

गुनासो छैन,

किनकि

तिमीप्रति हार्नु

सबैभन्दा सुन्दर विजय हो।
अर्को समाचार
‘फेसियल हाउस’ को १२ औं शाखा सितापाइलामा
१३ असार २०८३
•
२ मिनेट पाठ
‘फेसियल हाउस’ को १२ औं शाखा सितापाइलामा
नेपालकै अग्रणी सौन्दर्य सेवा प्रदायक संस्था ‘फेसियल हाउस’ ले काठमाडौंको सितापाइलास्थित अनुपम महलमा आफ्नो १२औँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।




शनिबार आयोजित एक विशेष समारोहका बीच व्यावसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन्।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष उर्मिला श्रेष्ठ र सञ्चार उद्यमी एवं महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले नयाँ शाखाको उद्घाटन गरे।

गुणस्तरीय सौन्दर्य सेवालाई आम नागरिकको पहुँचसम्म पुर्‍याउने उद्देश्यले सितापाइलामा सेवा विस्तार गरिएको संस्थाले जनाएको छ।

शाखा विस्तारबारे बोल्दै फेसियल हाउसकी संस्थापक सुश्मा महराले सितापाइला र आसपासका सेवाग्राहीलाई अब सौन्दर्य तथा स्किन केयर सेवाका लागि टाढासम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको बताइन्।

उनले भनिन्, ‘काठमाडौंका विभिन्न स्थानमा पुगेर सेवा लिनुपर्ने अवस्था अब धेरै हदसम्म अन्त्य भएको छ। ग्राहकको सहजताका लागि हामीले आधुनिक प्रविधिसहितको सेवा आफ्नै घरदैलोमा उपलब्ध गराएका हौं।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको विकासले मात्रै देशको अर्थतन्त्र सुदृढ हुने र रोजगारी सिर्जना हुने धारणा राखे।

उनले फेसियल हाउसले २०० भन्दा बढी युवालाई रोजगारी दिएर उदाहरणीय काम गरेको उल्लेख गर्दै भने, ‘रोजगारी सिर्जना गर्नु नै सबैभन्दा ठूलो सामाजिक योगदान हो। यसले देशको अर्थतन्त्रलाई समेत महत्वपूर्ण टेवा पुर्‍याएको छ।’

सञ्चार उद्यमी शोभा ज्ञवालीले झण्डै तीन दशकदेखि एउटै क्षेत्रमा निरन्तर मेहनत गरेर सफल व्यवसाय निर्माण गर्नु प्रेरणादायी रहेको बताइन्।

‘२८ वर्षदेखिको निरन्तर मेहनतले नै आज फेसियल हाउसलाई यो स्थानमा पुर्‍याएको हो। महिलाले पनि व्यवसाय र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने यो एउटा बलियो उदाहरण हो,’ उनले भनिन्।

त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले फेसियल हाउसले केवल सुन्दरता मात्र नभई छालाको उपचार, सीप विकास र महिला आर्थिक सशक्तीकरणमा समेत योगदान पुर्‍याइरहेको बताइन्। उनले यस्ता संस्थाको विस्तारले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।

१८ वर्षअघि काठमाडौं मल, सुन्धाराबाट यात्रा सुरु गरेको फेसियल हाउसले हाल काठमाडौंसहित पोखरा, सुर्खेत, नेपालगञ्ज, ललितपुर, चितवन, धनगढी र इटहरीमा आफ्नो सेवा प्रदान गरिरहेको छ।

संस्थाले काठमाडौं र चितवनमा ‘फेसियल एकेडेमी’ समेत सञ्चालन गरी सौन्दर्य क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस