राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत नियुक्त गरेका छन्। नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन्।
नेपाल विद्युत प्राधिकरणको नक्कली कर्मचारी बनेर ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कास्की घर भएका २४ वर्षीय अमृत कुमाललाई प्रहरीले लमजुङको बेसिशहरबाट पक्राउ गरेको छ।
स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था कायम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी खडैचाका इन्चार्ज गजेन्द्र सिंह भण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दामा विशेष अदालतको फैसलालाई चुनौती दिँदै सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।