कैलालीका तीन वटा पालिकामा हालसम्मको मत गणना अनुसार नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। सो पार्टीले टीकापुर र भजनी नगरपालिकाका साथै जोशीपुर गाउँपालिकामा अग्रता लिएको हो।
टीकापुर नगरपालिकामा गठबन्धन लगायतलाई पछि पार्दै हालै स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ। अहिलेसम्मको मतगणना अनुसार सो पार्टीका सबै उम्मेदवारले अग्रता लिएका छन्।
कैलालीको टीकापुर नगरपालिकामा ५९ दशमलव १ प्रतिशत मत खसेको छ। आज भएको स्थानीय तह निर्वाचनमा कुल ५२ हजार ८ शय ७२ मतदाता मध्ये ३१ हजार ९ शय ९७ जनाले मतदानमा भाग लिएका छन।
केही पालिकाहरुमा एउटै पदमा गठबन्धनमा आवद्ध दलहरुबाटै धेरै व्यक्तिहरुले उम्मेदवारी दर्ता गरेपछि आज संयुक्त विज्ञप्ती जारी गरेर आधिकारिक उम्मेदवारको नाम सार्वजनिक गरेको हो।
कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा गठबन्धनकै पाँच जनाको उम्मेदवारी दर्ता भएको छ। प्रमुख निर्वाचन अधिकृत हिरालाल चौधरीका अनुसार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट दुई/दुई जना र नेकपा एकीकृत...