गण्डकी प्रदेश खेलकुद विधेयक २०७७ विधेयकलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रमाणीकरण गरिसकेका छन्। प्रमाणीकरणसँगै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव चयनमा बाटो खुलेको छ।
पोखरामा पहिलो पटक जेठोबुढो धानको समर्थन मूल्य तोकिएको छ । रैथाने जातको धान जेठोबुढोका संरक्षण र प्रवद्र्धन गर्न उद्देश्यसहित पहिलो पटक पोखरा महानगरपालिकाले धानको मूल्य तय गरेको हो ।
हिमालपारीको जिल्ला मुस्ताङमा खेलग्राम स्थापनाको लागि पहिलो चरणको कार्य पुरा गरिएको छ। फुटबल मैदान निर्माणको लागि छुट्टाइएको १ करोड रुपैयाँको बजेटबाट जमिन सम्याउने देखि पर्खाल लगाउने काम पुरा गरिएको छ।