कपिलवस्तुको बाणगांग नगरपालिकाको कोईली खोलीमा आएको बाढीले बगाएर बेपत्ता भएका विद्युत कार्यालय जितपुरका प्रमुख कृष्ण पौडेलको शव शुक्रबार दिउँसो फेला परेको छ।
वाणगंगा नगरपालिकाको मोतीपुरमा कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरण गजेहडा सव स्टेशनको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ। भने दुई जना बेपत्ता छन्।
प्रदेश नम्बर ५ सरकारले स्तरोन्नती गरी ५० बेडको अस्पताल बनाउने निर्णय गरिए लगत्तै कपिलवस्तु अस्पतालमा दन्त रोग तथा स्त्री रोग सेवा समेत शुभारम्भ गरिएको छ।
संविधान दिवसका अवसरमा कपिलवस्तु कारागारबाट एक भारतीयसहित चार जना कैदीबन्दीलाई रिहा गरिएको छ। असल चालचलन र ५० प्रतिशत कैद सजाय भुक्तान गरेका उनीहरुलाई शनिबार रिहा गरिएको हो।
पाँच सुरक्षाकर्मी र एक वकीलसहित कपिलवस्तुमा एकै पटक ४६ जना कोरोना संक्रमित थपिएका छन्। यससंगै जिल्लामा संक्रमितको संख्या १२ सय २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
कपिलवस्तुमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले कपिलवस्तुले जनाएको छ।