तस्करी फस्टाएको सप्तरीको अर्को नाका हो, बेल्ही। उक्त नाकाबाट छोकरा, स्याउ, सुन पारि तस्करी हुन्छ भने पारिबाट दैनिक उपभोग्य वस्तुसँगै लत्ताकपडा भित्रिने गरेको सीमावासी बताउँछन्।
सर्लाहीमा एक महिलाको जलेर मृत्यु भएको छ। अत्यधिक जाडो भएपछि आगो ताप्ने क्रममा सर्लाहीको हरिवन नगरपालिका ३ की ५५ बर्सिया गोरीमाया रखालको मृत्यु भएको हो।
सशस्त्र प्रहरी बल सर्लाहीले भारतीय टेम्पुबाट लागू औषध गाँजा र रक्सी बरामद गरेको छ। नेपालबाट भारततिर तस्करी गरी जान लागेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा र रक्सी बरामद गरेको हो।
सर्लाहीका दुई चिनी उद्योग संचालनको अन्तिम तयारीमा छन्। उखु किसानलाई मिलसम्म पुर्याउने उखुको चलान पुर्जी वितरण गर्नुका साथै दुई चिनी उद्योगले उखु खरिद गर्न थालेका छन्।