रौतहट प्रतिनिधि सभा निर्वाचन सम्पन्न भए पश्चात सुरु भएको मतगणनाको पछिल्ला परिणाम अनुसार रास्वपाले तीन वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ भने नेपाली काँग्रेसले एक सिटमा अग्रता लिएका छन् ।
रौतहट–४ मा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीको गढ मानिएको चन्द्रपुर नगरपालिका–१ बागमती मावि मतदान केन्द्रको मत गन्दा रास्वपाका उमेदवार गणेश पौडेल अगाडि देखिएका छन्।