प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक पुस १७ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने सोमबार बसेको प्रदेश १ को मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको हो।
प्रदेश १ का प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्। सोमबार प्रदेश १ को प्रदेशसभा भवनमा प्रदेश १ का नव निर्वाचित सांसदहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्।
चर्को व्याज र प्रतिकुल बैङ्किङ नीति विरुद्ध विराटनगरका उद्योगी व्यवसायीले आन्दोलन घोषणा गरेका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी बिहीबार देखि आन्दोलनमा उत्रने घोषणा गरेका हुन्।