फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ। फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ।
दक्षिण भारतीय तथा हिन्दी जगतका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ। चेन्नईस्थित एक अस्पतालमा लामो समयदेखि उपचाररत उनको कोरोना संक्रमणबाट निधन भएको भारतीय सञ्चार माध्यले जनाएका छन्।
अनुसन्धानकर्ताहरूले इजरेलको हाइफास्थित एउटा प्रागैतिहासिक गुफामा मदिरा बनाउने सबैभन्दा पुरानो भट्टी फेला पारेका छन्। त्यहाँ १३ हजार वर्षअघि अन्न कुहाएर बनाइएको मदिराको अंश पनि भेटिएको छ।
इङ्लिस प्रिमियर लिगले मंगलबार खेलाडी र क्लब पदाधिकारीमा गरेको कोरोना परीक्षणमा ६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसमध्ये वाट्फोर्डका ३ खेलाडीमा कोरोना पुष्टि भएको थियो । तर कुन खेलाडीमा कोरोना...