महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उत्तर कोरियाका शासक किम जोङ उन लगभग २० दिनपछि सार्वजनिक कार्यक्रममा देखा परेका छन्। उत्तर कोरियाको सरकारी मिडिया मार्फत उनी सार्वजनिक भएको जानकारी बाहिरिएको हो।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले बैठक बारे जानकारी दिएका छन् ।
जापानका प्रधानमन्त्री शिन्जो आबेले साेमबार रसिया, पेरु र साउदी अरेबिया लगायतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने घोषणा गरेका छन् ।