सप्तरीको महादेवा गाउँपालिका–१ चिमटी टोलका ६६ परिवारको बास जलेको छ। फुसको घर उभ्याएर पक्की बनाउने सपना बुन्दै यहाँका धेरै घरबाट युवा वैदेशिक रोजगारीमा गएका छन्।
अहिले आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ। आगो नियन्त्रणमा ल्याउन ६ वटा वारूण यन्त्रले पानी हालिरहेको सप्तरी प्रहरी प्रमुख (एसपी) गजुषिद्धी मानन्धरले जानकारी दिए।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ऐतिहासिक जननायक सलहेसको पवित्र भूमि, मधेश जनविद्रोहको उद्गम स्थल सिरहा र यस क्षेत्र वरपरका स्थानीय बासिन्दाहरुमा सामाजिक, सांस्कृतिक र आध्यात्मिक जागरण पैदा गर्न महा...