रेडपाण्डा संरक्षण अभियान सञ्चालन गर्दै आएको हिमाली संरक्षण मञ्चले ताप्लेजुङको रेडपाण्डा पाइने क्षेत्रका बस्तीमा रहेका कुकुर र बिरालोलाई रेबिजविरुद्धको भ्याक्सिन दिएको छ।
ठेक्का लागेको ७ वर्ष पूरा हुन लाग्दा समेत उक्त स्थानमा पक्की पुल बन्ने सुरसार नभएपछि पटक–पटक स्थानीय जनप्रतिनिधि र ताप्लेजुङ प्रशासनले नियमित अनुगमन गर्ने र जनदबाब सृजना गर्ने कार्य गर्दै आएका छन्।
पाँचथरको हिलिहाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका जोड्ने तमोर नदी माथिको लिम्बूनी पुल निर्माणका लागि दशैं–तिहार लगत्तै निर्माण कम्पनी काममा आउने विश्वास नियमक निकायले लिएको छ।
विजया दशमी तथा शुभ दीपावलीको अवसरमा ताप्लेजुङको फुङलिङमा आयोजित जिल्ला स्तरीय खुला व्याडमिन्टन प्रतियोगिताको खुला पुरुषतर्फको उपाधि वसन्त गुरुङ र प्रेमराज लिम्बूको जोडीले जितेको छ।
बाढी र पहिरोका कारण मेची राजमार्गका विभिन्न ठाउँमा रहेको अवरोध अस्थायी रूपमा हटेपछि अब ताप्लेजुङमा तत्कालका लागि दैनिक उपभोग्य वस्तुको कुनै अभाव नरहेको ताप्लेजुङ उद्योग वाणिज्य संघले बताएको छ।