मैवाखोला गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार, थोप्राको शव मैवाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिकाको सिमानामा बग्ने मैवाखोला किनार नजिक सोमबार फेला परेको छ।
कञ्चनजंघा हिमालको दक्षिणी भागबाट आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ। करिब ८ हजार मिटरको उचाइमा पुगेपछि श्वासप्रश्वासमा समस्या आएर उनीको ज्यान गएको हो।
नगर कमिटी उपाध्यक्ष काजी सुनुवारले जारी गरेको प्रेस विज्ञप्तिमा शुक्रबार साँझ फुङलिङ बजारको तोक्मे क्षेत्रमा हिँडिरहेको बेला सन्तोष लिम्बू सवार मोटरसाइकल रोकेर साङ्घातिक आक्रमण भएको दाबी गरिएको छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि जिल्ला प्रशासन कार्यालयले स्थलगत अध्ययन गरी सरोकारवालाको राय सुझाव लिएको छ।
प्रजातन्त्र सेनानी, नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री सूर्यमान गुरुङको प्रथम स्मृतिसभा बिहीबार ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित उनकै घर फूलपातेडाँडामा सम्पन्न भएको छ।
नगरपालिकाले वडा नं ४,५,६ र ७ का सहायता सामाग्री प्राप्त गर्न पहिचान भएका अपाङ्गता भएका व्यक्तिलाई बुधवार संयुक्त रुपमा ती सामाग्री हस्तान्तरण गरेको फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले जानकारी दिइन् ।