पाथीभरा क्षेत्रको केवलकार निर्माणसम्बन्धी विवाद समाधानका लागि सरकार र ‘नो केवलकार’ पक्षधर आन्दोलनरत समूहबीच ६ बुँदे सहमति भएपछि पूर्वी नेपालमा जनजीवन सामान्य बन्दै गएको छ।
ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारको विषयमा उत्पन्न विवाद समाधानका लागि सरकारले आन्दोलनरत पक्षसँग छलफल गरी केही महत्वपूर्ण सहमति जुटाएको छ।
पाथीभरा क्षेत्रमा देखिएको विवाद समाधानका लागि गठित समितिले समस्या समाधान गर्न नसक्ने भन्दै आन्दोलनरत पक्षले उच्च स्तरको राजनीतिक नेतृत्वको वार्ता टोली गठन हुनुपर्ने औंल्याएको छ।