सरकारले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याको आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ।
ताप्लेजुङका ६ राजनीतिक दलहरूले आन्दोलनरत पक्ष, राज्य पक्ष र केवलकार निर्माण पक्षबिच वार्ता र संवाद गरी विद्यमान असहज परिस्थितको अन्त्य गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस ताप्लेजुङले न्यूनतम सहमति गरेर शान्तिपूर्ण ढंगले सौन्दर्य, प्रकृति र शक्तिको क्षयीकरण नहुने गरी पाथीभरामा केवलकार निर्माण हुनुपर्ने धारणा सार्वजनिक गरेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिकाले केबलकार निर्माणको विषयमा बढ्दो तनाव वार्ताद्वारा समस्या समाधान गरी केबलकार निर्माण प्रकृया अघि बढाउन सहयोगको अपेक्षा गरेको जनाएको छ।